काठमाडौं- जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले नेकपा (एमाले)बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी)मा जान चाहने स्थानीय तहका जनप्रतिनिधिहरुलाई यही भदौ २२ गतेभित्र सनाखतका लागि उपस्थित हुन आग्रह गरेको छ।
कार्यालयले आज जिल्लाका १२ वटा स्थानीय तहमा परिपत्र गरी एमाले निर्वाचित जनप्रतिनिधिहरुलाई उक्त आग्रह गरेको हो।
एमालेबाट छुट्टिएर एकीकृत समाजवादीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते साँझ ५ बजेसम्म चौतारास्थित निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने कार्यालयले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।