भोजपुर- आमचोक गाउँपालिकामा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ।
सिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको छर्राले आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको घाँटीमा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो।
राईसँगै सोही स्थानका ५३ वर्षीय हर्कबहादुर राई भरुवा बन्दुक लिई सोही इकुवा खोलामा सिकार खेल्न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए। बन्दुक चलाउने हर्कबहादुरलाई स्थानीयवासीको घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ। एकनाले भरुवा बन्दुकसमेत बरामद गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।