काठमाडौं- वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ।
‘अल्जाइमर रोग’ सँग लडिरहेका ८६ वर्षीया ‘भट्टको सोमबार विहान निधन भएको हो। गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएकका थिए।
लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन्।
विसं १९९३ मा जुम्लामा जन्मिएका भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए। उनको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए। भट्टका श्रीमती र दुई छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।