• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

अक्षयको नयाँ फिल्म बेल बटम : घटनाभन्दा पात्रलाई महत्त्व 

युवराज भट्टराई शनिबार, भदौ १२, २०७८  १२:०५
1140x725

काठमाडौं– सम्भवतः बलिउडमा अक्षय कुमारले जति देशभक्तिका फिल्ममा कमै अभिनेताले काम गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि उनले राजनीतिक र इतिहासका विषयवस्तुमा आधारित फिल्म खेले, जसमा देशभक्तिको बयान हुन्छ। ‘सूर्यवंशी’, ‘बेबी’, ‘होलिडे’, ‘गोल्ड’ लगायत अक्षयका आधा दर्जन फिल्म देशभक्तिका विषयमा छन्।

उनको अर्को देशभक्तिको गाथा गाइएको फिल्म ‘बेल बटम’ एक सातादेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ। चार महिनाभन्दा बढि समय बन्द रहेका थिएटर र दुई वर्षदेखि सुस्ताएका सिनेमा हललाई बेल बटमले गति दिने अपेक्षा गरिएको छ। रञ्जित तिवारीको निर्देशन रहेको यो फिल्मले राम्रै आम्दानी गरिरहेको छ। केही देशमा भने ‘तथ्यगत त्रुटि’का कारण प्रर्दशनमै रोक लगाइएको छ।

फिल्ममा अपहरण गरिएको हवाइजहाज उद्धार गर्दा भारतीय अधिकारीहरुले मात्र भूमिका खेलेको देखाइएकाले कतार, कुवेत र साउदी अरबियामा प्रतिबन्ध लगाइएको छ। वास्तविक कथामा आधारित फिल्ममा हवाइजहाज उद्धारको विषय तोडमोड गरिएको भन्दै ती देशले प्रतिबन्ध लगाएका हुन्।

अक्षयले प्रायः ‘बायोपिक’ मा अभिनय गरेका छन्। बेल बटम भने उनका अन्य देशभक्तिका फिल्मभन्दा फरक छ। यसमा कुनै समय भारतीय राजनीतिमा भएको अस्थिरतालाई देखाइएको छ।

सन् १९७१ देखि १९८४ बीच त्यहाँ राजनीतिक मात्र नभएर सामाजिक अस्थिरता पनि भएको मानिन्छ। आफ्ना राजनीतिक माग पूरा गर्न ‘अतिवादी’ समूहहरुले हवाइजहाज अपहरण समेत गरेका थिए। ‘बेल बटम’ तीमध्ये एउटा अपहरणको घटनालाई फिल्ममा उतारिएको छ। देशभक्तिका अन्य सिनेमाभन्दा यसमा हरेक पाटालाई सन्तुलित रुपमा प्रस्तुत गरिएको छ।

दिल्लीबाट उडेको भारतीय एयरलाइन्सको जहाज अपहरणबाट फिल्म सुरु हुन्छ। इन्दिरा गान्धी (अभिनय : लारा दत्त) सरकारकै पालामा सात वर्षमा भएको जहाज अपहरणको यो पाँचौं घटना हुन्छ। अपहरित जहाजलाई फिर्ता ल्याउन सरकारले छलफल थाल्छ। जहाजलाई अपहरणकारीले दुबई पुर्‍याएका हुन्छन्। उक्त जहाज फर्काउन अन्तराष्ट्रिय जासुसी गर्ने भारतीय निकाय ‘रअ’का एजेन्ट अन्सुल मल्होत्रा (अक्षय कुमार), भारतीय सरकारी अधिकारी र दुबईका अधिकारीको कारबाही फिल्मको मूल कथावस्तु हो।

फिल्ममा दुई वटा ‘टाइमलाइन’ छन्। एउटा टाइमलाइन अहिलेको समयको छ, जहाँ अपहरित जहाजलाई फर्काउन समाधानको बाटो खोजिएको हुन्छ। अर्को टाइमलाइनमा अन्सुल रअको एजेन्ट हुनुअघिको कथा छ। फिल्मको दोस्रो भाग सहज रुपमा बगे पनि पहिलो भाग केही असहज र अनावश्यक प्लटले भरिएका छन्। 

अन्सुल रअको एजेन्ट हुनुअघि संगीतको गुरु, फ्रेन्च भाषाको शिक्षक हुन्छन्। त्यही बेला उनी आईएएस (भारतीय सरकारी अधिकारी) बन्न प्रयास गरिरहेका हुन्छन्। यसैबीच उनकी आमाको मृत्युपछिको कथा दोस्रो भागसँग जोडिन्छ। पहिलो भागमा देखाइएको अन्सुलको व्यक्तिगत जीवनका विस्तृत विवरण अनावश्यक छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बेल बटम कुनै व्यक्तिको जीवनमा नभएर एउटा समय र त्यो कालखण्डमा आधारित भएकाले फिल्ममा देखाइएको अन्सुलको व्यक्तिगत जीवन, उसको श्रीमती राधिका मल्होत्रा (बानी कपुर) सँगको भेटजस्ता प्लट अनावश्यक छन्।

फिल्मका दुवै टाइमलाइनका अधिकांश भागमा दर्शकले अपेक्षा गरेअनुरुप नै घटना अघि बढ्छन्। आमाको मृत्यु हुने समयमा अन्सुलकी श्रीमती कुनै प्रशिक्षणका लागि श्रीनगर जान्छिन्, आमा लण्डन जानलाई निस्किएकी हुन्छिन्। अपहरित विमानमा चढेकी आमाको दम बढेर मृत्यु हुन्छ। आमाकै कारण अन्सुलले अपहरणको घटनालाई आफूसँग जोडेर काम गरिरहेका हुन्छन्।

दोस्रो टाइमलाइन अर्थात्, अहिलेको कथा भने सहज रुपमा बगेको छ। सम्पादनको हिसाबले पनि अनावश्यक दृश्यभन्दा ‘टु द पोइन्ट’ दृश्य देखाइएका छन्। चाहे लण्डनमा अपहरणकारीलाई भेट्दाको दृश्य होस् वा भारतबाट पाकिस्तानका अधिकारीसँग गरिएको संवादमा, फिल्म सहज बगेको छ।

प्रायः हिन्दी फिल्ममा पाकिस्तानलाई प्रस्तुत गरिने भाष्य ‘आतंकवादीको संरक्षक’को छ। तर, यो फिल्ममा उक्त भाष्य बदलिएको छ। पाकिस्तानका अधिकारीहरुले दोहोरो चरित्र देखाउने संकेत पाइए पनि समग्रमा पाकिस्तानमाथि नै प्रश्न गरिएको वा नकरात्मक रुपमा प्रस्तुत गरिएको छैन। अन्सुलले दोस्रो भागमा बोलेको एउटा संवाद छ, ‘पूरै पाकिस्तानका मानिसलाई दोष दिन्नँ। तर, पाकिस्तानभित्रै केही तत्वहरु छन्।’ कतै यस्ता द्विअर्थी संवाद भए पनि समग्रमा नकारात्मक सन्देश छैन।

Xtrem

Xtrem

फिल्ममा इन्दिरा गान्धीको भूमिकामा लारा दत्तको अभिनय स्वाभाविक छ। उनको मेकअप पात्र सुहाउँदो छ। 

यति हुँदाहुँदै पनि ‘बेल बटम’ घटना केन्द्रित हुन सकेको छैन। फिल्म घटनामाथि आधारित भए पनि अन्सुलको जीवनलाई बढी महत्त्व दिइएको छ। प्रायः घट्ना अगाडि नै अनुमान गर्न सकिन्छ। बलिउडका अधिकांश देशभक्तिका फिल्ममा हुने जस्तै घटना यहाँ पनि छन्। अक्षयको अभिनयमा खास फरकपन छैन।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सन्न्यासपछि मेसीको २ गोल
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्