• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोभिड–१९ का लक्षण : ज्वरो आउनुअघि छालामा देखिन सक्छ असर

डा. प्रज्ज्वल पुडासैनी आइतबार, भदौ १३, २०७८  ०७:०५
1140x725

चीनको वुहानबाट ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस फैलन सुरु भयो। यसबारे विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरिएपछि कोभिड–१९ लाई ११ मार्च २०२० मा महामारी घोषणा गरियो।

कोभिड–१९ का लक्षणहरु मुलतः ज्वरो आउने, जिउ दुख्ने, स्वासप्रश्वासमा समस्या हुने, लगातार दिशा लाग्ने हुन्छ। फोक्सो र शरीरका अन्य अंगहरु निस्क्रिय पार्छ। त्यसैगरी छालामा पनि विभिन्न लक्षण देखिने वैज्ञानिक अनुसन्धानहरुबाट पत्ता लागेको छ। 

कतिपयलाई कोभिडको लक्षण पहिला छालामा देखिन्छ। ज्वरो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिनु दुई दिनअघि नै छालामा रातो डाबर आउँछ। स्पेनमा गरिएको एक अध्ययनमा अन्य लक्षण देखिनुअघि नै १९ प्रतिशतलाई छालामा डाबर आएको पाइएको छ।

यस्तो अवस्थामा डाबर आएका व्यक्तिलाई सुरुमै ‘आइसोलेसन’मा राखे परिवारका अन्य सदस्यलगायतलाई सर्नबाट रोक्न सकिन्छ। ती व्यक्तिलाई सुरुमै कोभिड–१९ जाँच गरेर अस्पताल वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्न सकिन्छ।

कतिपयलाई भने कोभिड–१९ लक्षण देखिएको तीन दिनपछि पनि छालामा डाबर देखिने गरेको अनुसन्धानहरुले देखाएका छन्। दादुराजस्तो देखिने यस्ता डाबर ४७ प्रतिशत संक्रमितलाई आउने गरेको पत्ता लागेको छ। त्यस्तै, ठेउला जस्तो देखिने पानीफोका कोभिड–१९ को लक्षण देखिएको तीन दिनपछि शरीरमा देखिन्छ। यी पानीफोका एक हप्ताभित्र कुनै दाग नछोडी आफैँ ठीक भएर जान्छ। 

छालामा अरु गम्भीर समस्या पनि आउन सक्छ। जस्तो, हात–खुट्टाका औँलाहरु रातो हुने, सुन्निने, पानीफोका र पिपका फोका आउने पनि हुन्छ। यी लक्षण विशेषगरी जवानहरुलाई हुन्छ। वृद्धवृद्धामा कमै मात्र देखिएको छ। यी लक्षण अरु लक्षणभन्दा धेरै दिनसम्म रहन्छ। औसतमा १२ दिनसम्म रहने अध्ययनहरुले देखाएका छन्। हात–खुट्टामा लक्षण देखिएका कोभिड–१९ संक्रमितलाई फोक्सोमा संक्रमण कम हुने पाइएको छ। उनीहरुको मृत्युदर पनि कम छ।

स्पेनमै गरिएको एक अध्ययन अनुसार ६ प्रतिशतमा जालीजस्तो देखिने नीलो रङका डाबर पनि देखिएका छन्। ती डाबर रगतका नलीहरुमा रगत जमेर आउँछन्। यस्ता डाबर खुट्टा र हातमा देखिए बिरामीलाई गम्भीर संक्रमण हुने, फोक्सोको संक्रमण पनि गम्भीर हुने र सघन उपचार चाहिने हुन्छ। हाम्रो जस्तो सीमित साधन भएको ठाउँमा बिरामीले छालाका लक्षणहरुको समयमा नै पहिचान गरी सघन उपचार गरे ज्यान बचाउन सकिन्छ।

नेपालमा साढे सातलाख भन्दा धेरै संक्रमित फेला परिसकेका छन्। तर, कति प्रतिशतलाई छालामा लक्षण देखियो र कस्ता प्रकारका लक्षण देखियो भन्ने वैज्ञानिक अनुसन्धान भएको छैन। त्यसैले कोभिड–१९ संक्रमणको लक्षणबारे हामीसँग वास्तविक तथ्यांक छैन। 

Ncell 2
Ncell 2

छिमेकी मुलुक भारतमा गरिएको अध्ययनमा स्पेनकै अध्ययनसँग मिल्ने छालाका लक्षण देखिएका छन्। कतिपय भारतीय संक्रमितलाई छालमा रातो डाबर, दादुरा जस्तो देखिने डाबर र जनै खटिरा जस्तो देखिने पानीफोका आएको पाइएको छ। नेपाली र भारतीयहरुको छालाको प्रकार एउटै हुन्छ। पूरै शरीरको बनोट पनि लगभग मिल्छ। त्यसैले नेपालमा पनि संक्रमितलाई उस्तै लक्षण देखिन सक्छ। यसको अनुसन्धान हुन जरुरी छ।

धेरैजसो डाबर आफै निको भएर जान्छ। कतिपय अवस्थामा औषधि पनि गर्नुपर्ने हुनसक्छ। यस्ता डाबरलाई चिसोले असर गर्छ। त्यसैले नचिलाउने औषधि खाने, चिकित्सकको सल्लाहमा लोसनहरु लगाउने गर्नुपर्छ। 

छालामा आउने डाबर समयमै पहिचान गर्दा कोभिड संक्रमितको उपचार सहजै गर्न सकिन्छ। नीलो जालीजस्तो डाबर आएका संक्रमितलाई बेलैमा सघन उपचार गर्न सकिन्छ। यसबाट कोभिड–१९ को थप संक्रमण फैलिनबाट पनि रोक्न सकिन्छ। त्यसैले छालामा देखिने लक्षणबारे अध्ययन हुनु अति आवश्यक छ।

सर्वसाधारणले पनि आफ्नो छालामा अनावश्यक डाबर आए त्यसलाई बेवास्ता गर्नु हुँदैन। तुरुन्तै आइसोलेसनमा बस्ने र चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ। यसो हुँदा रोगको चाँडै निदान हुनसक्छ।

(पुडासैनी रगत तथा बहु विशेषता अस्पतालका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
राष्ट्रपतिले बोलाए दलहरूलाई
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्