• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोभिड–१९ का लक्षण : ज्वरो आउनुअघि छालामा देखिन सक्छ असर

डा. प्रज्ज्वल पुडासैनी आइतबार, भदौ १३, २०७८  ०७:०५
1140x725

चीनको वुहानबाट ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस फैलन सुरु भयो। यसबारे विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरिएपछि कोभिड–१९ लाई ११ मार्च २०२० मा महामारी घोषणा गरियो।

कोभिड–१९ का लक्षणहरु मुलतः ज्वरो आउने, जिउ दुख्ने, स्वासप्रश्वासमा समस्या हुने, लगातार दिशा लाग्ने हुन्छ। फोक्सो र शरीरका अन्य अंगहरु निस्क्रिय पार्छ। त्यसैगरी छालामा पनि विभिन्न लक्षण देखिने वैज्ञानिक अनुसन्धानहरुबाट पत्ता लागेको छ। 

कतिपयलाई कोभिडको लक्षण पहिला छालामा देखिन्छ। ज्वरो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिनु दुई दिनअघि नै छालामा रातो डाबर आउँछ। स्पेनमा गरिएको एक अध्ययनमा अन्य लक्षण देखिनुअघि नै १९ प्रतिशतलाई छालामा डाबर आएको पाइएको छ।

यस्तो अवस्थामा डाबर आएका व्यक्तिलाई सुरुमै ‘आइसोलेसन’मा राखे परिवारका अन्य सदस्यलगायतलाई सर्नबाट रोक्न सकिन्छ। ती व्यक्तिलाई सुरुमै कोभिड–१९ जाँच गरेर अस्पताल वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्न सकिन्छ।

कतिपयलाई भने कोभिड–१९ लक्षण देखिएको तीन दिनपछि पनि छालामा डाबर देखिने गरेको अनुसन्धानहरुले देखाएका छन्। दादुराजस्तो देखिने यस्ता डाबर ४७ प्रतिशत संक्रमितलाई आउने गरेको पत्ता लागेको छ। त्यस्तै, ठेउला जस्तो देखिने पानीफोका कोभिड–१९ को लक्षण देखिएको तीन दिनपछि शरीरमा देखिन्छ। यी पानीफोका एक हप्ताभित्र कुनै दाग नछोडी आफैँ ठीक भएर जान्छ। 

छालामा अरु गम्भीर समस्या पनि आउन सक्छ। जस्तो, हात–खुट्टाका औँलाहरु रातो हुने, सुन्निने, पानीफोका र पिपका फोका आउने पनि हुन्छ। यी लक्षण विशेषगरी जवानहरुलाई हुन्छ। वृद्धवृद्धामा कमै मात्र देखिएको छ। यी लक्षण अरु लक्षणभन्दा धेरै दिनसम्म रहन्छ। औसतमा १२ दिनसम्म रहने अध्ययनहरुले देखाएका छन्। हात–खुट्टामा लक्षण देखिएका कोभिड–१९ संक्रमितलाई फोक्सोमा संक्रमण कम हुने पाइएको छ। उनीहरुको मृत्युदर पनि कम छ।

स्पेनमै गरिएको एक अध्ययन अनुसार ६ प्रतिशतमा जालीजस्तो देखिने नीलो रङका डाबर पनि देखिएका छन्। ती डाबर रगतका नलीहरुमा रगत जमेर आउँछन्। यस्ता डाबर खुट्टा र हातमा देखिए बिरामीलाई गम्भीर संक्रमण हुने, फोक्सोको संक्रमण पनि गम्भीर हुने र सघन उपचार चाहिने हुन्छ। हाम्रो जस्तो सीमित साधन भएको ठाउँमा बिरामीले छालाका लक्षणहरुको समयमा नै पहिचान गरी सघन उपचार गरे ज्यान बचाउन सकिन्छ।

नेपालमा साढे सातलाख भन्दा धेरै संक्रमित फेला परिसकेका छन्। तर, कति प्रतिशतलाई छालामा लक्षण देखियो र कस्ता प्रकारका लक्षण देखियो भन्ने वैज्ञानिक अनुसन्धान भएको छैन। त्यसैले कोभिड–१९ संक्रमणको लक्षणबारे हामीसँग वास्तविक तथ्यांक छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

छिमेकी मुलुक भारतमा गरिएको अध्ययनमा स्पेनकै अध्ययनसँग मिल्ने छालाका लक्षण देखिएका छन्। कतिपय भारतीय संक्रमितलाई छालमा रातो डाबर, दादुरा जस्तो देखिने डाबर र जनै खटिरा जस्तो देखिने पानीफोका आएको पाइएको छ। नेपाली र भारतीयहरुको छालाको प्रकार एउटै हुन्छ। पूरै शरीरको बनोट पनि लगभग मिल्छ। त्यसैले नेपालमा पनि संक्रमितलाई उस्तै लक्षण देखिन सक्छ। यसको अनुसन्धान हुन जरुरी छ।

धेरैजसो डाबर आफै निको भएर जान्छ। कतिपय अवस्थामा औषधि पनि गर्नुपर्ने हुनसक्छ। यस्ता डाबरलाई चिसोले असर गर्छ। त्यसैले नचिलाउने औषधि खाने, चिकित्सकको सल्लाहमा लोसनहरु लगाउने गर्नुपर्छ। 

छालामा आउने डाबर समयमै पहिचान गर्दा कोभिड संक्रमितको उपचार सहजै गर्न सकिन्छ। नीलो जालीजस्तो डाबर आएका संक्रमितलाई बेलैमा सघन उपचार गर्न सकिन्छ। यसबाट कोभिड–१९ को थप संक्रमण फैलिनबाट पनि रोक्न सकिन्छ। त्यसैले छालामा देखिने लक्षणबारे अध्ययन हुनु अति आवश्यक छ।

सर्वसाधारणले पनि आफ्नो छालामा अनावश्यक डाबर आए त्यसलाई बेवास्ता गर्नु हुँदैन। तुरुन्तै आइसोलेसनमा बस्ने र चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ। यसो हुँदा रोगको चाँडै निदान हुनसक्छ।

(पुडासैनी रगत तथा बहु विशेषता अस्पतालका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्