विराटनगर– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ स्थित भँडारे खोलामा जिप दुर्घटना भई मृत्यु हुनेहरुको पहिचान खुलेको छ।
काठमाडौबाट ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ४९५० नम्बरको जिप बाटोको मोडबाट खसेर दुर्घटना भएको थियो। दुर्घटनामा सुनकोशी गाउँपालिका ५ का ४० वर्षीय सिङ्ग तामाङ र ३५ वर्षीय कैलीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक २० वर्षीय लोकेन्द्र तामाङ र २४ वर्षीय लालबहादुर तामाङ गम्भीर घाइते भएका छन्। उनीहरुको उदयपुरको घुर्मीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गका इन्सपेक्टर निरन्जन भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।