• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महालेखाले औंल्यायो पुनर्निर्माणमा बेथिति : जथाभावी भेरियसन गरेर करोडौं भुक्तानी, निर्माण नसक्दै धरहराको उद्घाटन

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  ०९:२९
1140x725

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण कार्यमा भएका अनियमित खर्चहरुको बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग प्रश्न उठाएको छ। महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा प्राधिकरणबाट भएका विभिन्न खर्च पुष्टि हुन नसकेको तथा नियमविपरीत विभिन्न आयोजनाको भेरियसन थप गरी भुक्तानी गरिएकोलगायत विषय औंल्याइएको छ। 

प्रतिवेदनअनुसार प्राधिकरणले मकवानपुर र ललितपुरका सामुदायिक विद्यालय पुनर्निर्माणका क्रममा तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरेको भन्दै निर्माण व्यवसायीलाई पुरस्कृत गरेपछि पुनर्निर्माण कार्यको भेरियसन गरेको खुलेको छ। दुवै जिल्लामा गरी निर्माण व्यवसायीलाई दुई करोड ८७ लाख ६० हजार पुरस्कार दिएपछि पुनर्निर्माण कार्यको भेरियसन गरेको महालेखाले औंल्याएको छ।

महालेखाका अनुसार मकवानपुरमा १२ सामुदायिक विद्यालय निर्माण गर्न ५९ करोड ५७ लाख ५१ हजार रुपैयाँ १३ देखि २१ महिनाभित्र सम्पन्न गर्ने गरी २०७५ असोज १ गते निर्माण व्यवसायीसँग सम्झौता भएको देखिन्छ। 'सो निर्माण कार्य ७२ देखि २६६ दिन अगाडि नै सम्पन्न गरेको उल्लेख गरी आयोजना कार्यान्वयन एकाइले दुई करोड ७८ लाख ५१ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराएकोमा सबै विद्यालयमा कार्य परिमाण बढेको उल्लेख गरी कार्य सम्पन्न गरेपछि २०७७ असार ३१ मा भेरियसन आदेश जारी भएको छ,'  प्रतिवेदनमा उल्लेख छ।

यस्तै, ललितपुरमा तीनवटा विद्यालय निर्माण गर्न १२ करोड ८१ लाख ७१ हजार रुपैयाँमा १३ देखि १५ महिनाभित्र कार्य सम्पन्न गर्ने गरी २०७५ वैशाख २ मा सम्झौता भएकोमा निर्माण कार्य न्यूनतम ३५ दिन अगाडि नै सम्पन्न गरेको जनाएर नौ लाख नौ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराएपछि पुन: विद्यालयहरुमा काम बढेको उल्लेख गरी २०७६ असोज १५ मा भेरियसन आदेश जारी भएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ। 

'कार्य सम्पन्न भएको उल्लेख गरी पुरस्कार दिएपछि निर्माण कार्यको भेरियसन आदेश जारी गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ,' प्रतिवेदनमा भनिएको छ। 

राष्ट्रपति भवन प्रबलीकरणमा परामर्शदाताका लागि नियमविपरीत भेरियसन थप 
महालेखापरीक्षक कार्यालयले राष्ट्रपति भवन प्रबलीकरणको लागि डिजाइन, लागत अनुमान, निर्माण सुपरभिजन लगायतका कार्यका लागि परामर्शदातासँग सम्झौता गरेभन्दा बढी रकम नियमविपरीत भेरियसन गरी थप गरेकोप्रति प्राधिकरणसँग प्रश्न उठाएको छ। 

'एक परामर्शदातासँग २०७३ मंसिर १९ मा दुई करोड ९९ लाख रुपैयाँको सम्झौता भएकोमा डिजाइन र खरिद प्रक्रियासम्मको कामको लागि यो वर्षसम्म एक करोड १४ लाख रुपैयाँ भुक्तानी भएको छ। प्रबलीकरण कार्यको सुरुआत नै नभएको अवस्थामा प्राधिकरणको सचिवस्तरीय निर्णयबाट पुनःडिजाइन कार्यका लागि २०७५ फागुन २६ मा ६९ लाख (२३.११ प्रतिशत) को भेरियसन आदेश स्वीकृत गरी लागत अनुमान तीन करोड ६८ लाख कायम गरेको देखिन्छ,' महालेखाको प्रतिवेदनमा उल्लेख छ, 'लामो समयसम्म निर्माण कार्य सुरू नभएको र कार्यविधिमा २० प्रतिशतसम्म मात्र भेरियसन थप गर्न पाउने व्यवस्थाविपरीत तोकिएको सीमाभन्दा बढीको भेरियसन स्वीकृत गरेको नियमसम्मत देखिएन।' पुनर्निर्माण प्रबलीकरणको कार्यसमेत अगाडि नबढेकोले नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने महालेखाको भनाइ छ। 

यस्तै आर्थिक वर्ष २०७६/७७ मा ४५ निर्माण कार्यमा सात अर्ब ५२ करोड ३१ लाख ८२ हजार रुपैयाँको सम्झौता भएकोमा भेरियसन आदेशबाट ६४ करोड ३५ लाख ९५ हजार रुपैयाँ थप भएको महालेखापरीक्षकको प्रतिवेदनमा औंल्याइएको छ। 'एकाइले परामर्शदाताले पेस गरेको विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख गरेको परिमाणको निर्माण कार्यका लागि सम्झौता गरेकोमा कार्यान्वयनको क्रममा परामर्शदाताले सिफारिस गरेको कामको परिमाणमा कार्यालयबाट भेरियसन आदेश स्वीकृत भएको छ। कामको परिणाम थप गर्नुपर्ने पर्याप्त पुस्ट्याइँ बेगर भेरियसन आदेश स्वीकृत गर्नु मनासिव देखिएन। भेरियसन स्पष्ट र औचित्यपूर्ण हुनुपर्दछ,' प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

२६ लाख ३० हजार बढी भुक्तानी
प्राधिकरणले पश्चिम नवलपरासीको विद्यालय भवन पुनर्निर्माण गर्दा २६ लाख ३० हजार रुपैयाँ बढी भुक्तानी गरेकोसमेत महालेखापरीक्षकको प्रतिवेदनमा औंल्याइएको छ। विद्यालय भवन निर्माण गर्न लागत अनुमान नै बढी बनाएर रकम भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

'राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा विद्यालय भवन निर्माण गर्दा पश्चिम नवलपरासी जिल्लाको माटोको प्रकृति मिडियम रहेको उल्लेख गरी डिजाइन स्वीकृत भएकोमा सफ्ट प्रकृति फाउण्डेसन वर्कको लागत अनुमान बढी तयार भइ सोबमोजिम बढी भुक्तानी दिएको पाइयो,' महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ, 'यस वर्ष कार्य सम्पन्न भएका २०७५/७६ का एक तल्ले चार कोठे चार विद्यालय प्रतिविद्यालय दुई लाख ५५ हजार रुपैयाँका दरले १० लाख २० हजार रुपैयाँ र दुई तल्ले चार कोठे १४ विद्यालयलाई प्रतिविद्यालय एक लाख १५ हजार रुपैयाँका दरले १६ लाख १० हजार गरी २६ लाख ३० हजार रुपैयाँ बढी भुक्तानी दिएको देखिन्छ।'

महालेखापरीक्षकको कार्यालयले बढी भुक्तानी भएको रकम असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको छ।

सवारीसाधन भाडामा ५२ लाख ७६ हजार बढी भुक्तानी
पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरले सम्झौताको 'बिल अफ क्‍वान्टिटी'मा सवारीसाधन भाडा ३३ लाख ३२ हजार रुपैयाँ र सिन्धुलीले ४८ लाख ८३ हजार रुपैयाँ भुक्तानी दिने गरी सम्झौता भएकोमा भेरियसनबाट थप गरी ५२ लाख ७६ हजार रुपैयाँ भुक्तानी गरेको महालेखाले औंल्याएको छ।

Xtrem

Xtrem

'सार्वजनिक लेखा समितिको २०६९ वैशाख ८ को निर्यअनुसार निर्माण कार्यको 'बिल अफ क्‍वान्टिटी' सवारीसाधन तथा मेसिनरी औजार, सामान खरिद तथा भाडा समावेश गरी ठेक्का सम्झौता नर्न नपाइने उल्लेख छ,' महालेखाले भनेको छ, 'यसरी लेखा समितिको निर्णयविपरीत बिल अफ क्‍वान्टिटीमा सवारीसाधनको भाडा राखी सम्झौता गरी भुक्तानी गर्नु नियमसम्मत देखिएन।' 

महालेखाले प्राधिकरणमार्फत् वैदेशिक सहायताको रकम परिचालन गर्ने क्रममा जथाभावी विदेशी परामर्शदाता नियुक्त गरी खर्च गरेको भन्दै आवश्यकता पहिचान गरेर मात्र विदेशी परामर्शदाता नियुक्त गर्न सचेत गराएको छ। यस्तै विभिन्न कार्यमा ढिलाइ भएको, बस्ती स्थानान्तरणका लागि जग्गा प्राप्ती गर्न लाभग्राहीलाई भुक्तानी गरेको भए पनि जग्गाको स्वामित्व लाभग्राहीको नाममा आए/नआएको तथा अनुदानको अनुगमन गरी अभिलेख राखेको नपाइएको लगायत विषयमा प्राधिकरणलाई सचेत गराएको छ।

पुनर्निर्माण नसक्दै धरहराको उद्घाटन गरिएकोप्रति महालेखाको प्रश्न
महालेखापरीक्षकको कार्यालयले पुनर्निर्माणको काम नसक्दै धरहराको उद्घाटन गरिएकोप्रति प्रश्न उठाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ११ मा धरहराको उद्घाटन गरेका थिए। तर, महालेखाले तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्‍न हुने अवस्था नदेखिएकोसमेत औंल्याएको छ।

'निर्माण कार्य अवधि २४ मध्ये २१ महिना व्यतीत भइसक्दा सोको वित्तीय प्रगति ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ। धरहराको उद्घाटन भइसके तापनि सञ्चालनमा आएको छैन। तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिँदैन,' प्रतिवेदनमा उल्लेख छ।

फाइल तस्बिर: धरहरा उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली।

पुरातत्त्व विभागबाट स्वीकृत डिजाइनअनुसार २२ तलाको धरहरा र अन्य संरचनाको निर्माण कार्य गर्न पाँच अर्ब ४६ करोड ४३ लाख रुपैयाँको लागत अनुमान तयार गरेकोमा तीन अर्ब आठ करोड ११ लाख रुपैयाँमा एक निर्माण व्यवसायीसँग २४ महिनामा कार्य सम्पन्न गर्न २०७५ असोज ४ गते सम्झौता भएकोमा यो वर्षसम्म एक अर्ब ६८ करोड ९९ लाख रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ।

'नेपाल सरकारले २०७२/७३ देखि 'मेरो धरहरा मै बनाउँछु' अभियान सञ्चालन गरी प्राप्त सहयोग रकम दाखिला गर्न छुट्टै कोष खडा गरेकोमा सो कोषमा यो वर्षसम्म आठ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ। धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग गर्नुपर्दछ,' महालेखाको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्