• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

के ‘नयाँ’ र ‘पुराना’ तालिबानमा फरक छ?

64x64
नेपाल लाइभ सोमबार, भदौ ७, २०७८  ०८:३४
1140x725
तस्बिर : द गार्जियन/एपी।

सन् १९९६ सालको एउटा घटना
मरियम सफी १९ वर्षकी थिइन्। अफगानिस्तानको मजार–ए–सरिफमा मेडिकल पढ्थिन्। अचानक एकै दिनमा उनको पूरै दुनियाँ बदलियो।

तालिबानले मजार–ए–सरिफ कब्जा गरेपछि उनले आफ्नो पढाइ रोक्नु पर्‍यो। तालिबान सत्तामा आएपछि महिलालाई शिक्षा लिन रोक लगाइदिए। घरबाट एक्लै निस्कँदा धार्मिक पुलिसले उनीहरुलाई पिट्थे। उनीहरु पिता, भाइ वा पतिको साथमा मात्र बाहिर जान अनुमति थियो।

तालिबान शासनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिनु, ढुंगाले हानेर हत्या गर्नु, हात–खुट्टा काट्नु जस्ता सजाय सामान्य थिए। यही डरका कारण मरियमको पढाइ रोकिएको थियो। त्यसपछि उनी घरैमा कैद भएर बसिन्।

तर, जब सन् २००१ मा अमेरिका नेतृत्वको सेनाले अफगानिस्तानमाथि हमला गरेर तालिबानलाई सत्याच्युत गर्‍यो, मरियमले आफ्नो पढाइ पूरा गरिन्। २० वर्षपछि यसै महिना तालिबानले काबुल कब्जा गरेपछि उनलाई यी सबै घटना ताजा भएर सम्झनामा आए।

अब १७ अगष्ट २०२१ को घटना
तालिबानले काबुल कब्जा गरेको दुई दिनपछि मरियम एउटा होटलमा थिइन्। उनले देखिन् कि, होटलका पुरुष कामदारले दुई दिनदेखि दारी सेभ गरेका थिएनन्। रिसेप्सन, 'रुम सर्भिस' र सफाइमा महिला कामदार थिएनन्। होटलमा दुई दिनअघिसम्म बजिरहेको ‘ब्याकग्राउन्ड म्युजिक’ पनि बन्द थियो। ‘मैले त्यहाँका मानिससँग यसबारे सोध्दा उनीहरुले तालिबानसँग आबद्ध आफ्ना साथी त्यहीँ भएको बताएका थिए,’ मरियमले भनिन्।

माथिको सन्दर्भ तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँको अवस्था बताउन बीबीसीका संवाददाता मलिक मुदस्सिरले बनाएको रिपोर्टको एउटा अंश हो।

तालिबान २.० र तालिबान १.०
माथिका दुई वटा घटनाले सन् १९९६ को तालिबान र सन् २०२१ को तालिबानमा खास बदलाब महसुस गराउँदैन। तर, अघिल्लो हप्ताको मंगलबार साँझ तालिबानको ‘तेस्रो चेहरा’ पनि दुनियाँको सामुन्ने आएको छ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद त्यो दिन पहिलो पटक मिडियाको अघि देखा परे। दुई साथीसहित पत्रकार सम्मेलनमा बसेका उनले तालिबानको त्यो ‘उदार अनुहार’ देखाए, जो सन् १९९६–२०२१ का तालिबानभन्दा अलग थियो।

Ncell 2
Ncell 2
nimb
nimb
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद। तस्बिर : बीबीसी

जबिबुल्लाह मुजाहिदले भने, ‘हामी अन्तराष्ट्रिय समुदायलाई भरोसा दिन चाहन्छौँ कि उनीहरु (महिला) माथि कुनै भेदभाव गरिने छैन। हामीले ती सबैलाई माफी दियौँ, जसले हामीविरुद्ध लडाइँ लडे। हामी शरिया व्यवस्थाअनुसार महिलालाई अधिकार दिन प्रतिबद्ध छौँ। महिला हामीसँग काँधमा काँध मिलाएर काम गर्न जानेछन्।’

तालिबान अहिले टेलिभिजन क्यामरामा कुरा चाहिँ महिलालाई काम गर्ने छुट दिने र बदला नलिने गरिरहेका छन्, तर यथार्थमा यस्तो स्थिति देखिँदैन। यसकारण प्रश्न उठेको छ कि, सन् २०२१ का तालिबान सन् १९९६ को तालिबानभन्दा फरक छन्? अथवा, यो सबै देखाउनका लागि मात्र गरिरहेका छन्? अथवा, समयको माग हो?

२० वर्षमा अफगानिस्तान र दुनियाँ दुवै बदलिएका छन्। पहिलाको तुलनामा अफगानिस्तानमा धेरै महिला पढ्न गइरहेका छन्। धेरैले जागिर गरिरहेका छन्। के तालिबान यी महिलालाई बुर्का लगाइदिएर फेरि घरमै बस्ने आदेश पारित गर्दैछ? यो प्रश्नको जवाफ कसैलाई थाहा छैन।

तस्बिर : द गार्जियन/एपी।

केही रिपोर्टअनुसार तालिबानले महिलालाई मुजाहिदिन (इश्लामिक लडाकु) सँग जबरजस्ती विवाह गराइदिइरहेका छन्। त्यसकारण तालिबानको नयाँ शासनबारे थाहा पाउन कम्तीमा ६ महिना पर्खिनुपर्नेछ। त्यसपछि मात्र उनीहरुको अनुहार स्पष्ट रुपमा चिन्न सकिने छ।

Xtrem

Xtrem

तालिबानले सत्ता सम्हालेपछि मात्र उसका प्रमुख नेता को हुने हुन् भन्ने प्रष्ट हुनेछ। त्यसपछि सरकार साउदी अरब जस्तो बन्छ कि यूएई जस्तो बन्छ, वा आफ्नो अलग्गै बाटो बनाउँछ भन्ने हेर्नुपर्नेछ। यति बेला यही मात्र आशा गर्न सकिन्छ कि २० वर्षमा अफगानिस्तान बदलिएजस्तै तालिबान पनि केही बदलिएको छ।

२० वर्षअघि सन् २००१ मा प्राथमिक विद्यालयमा कोही पनि छात्रा थिएनन्। विश्व बैंकको एक रिपोर्ट अनुसार केबल १० लाख छात्र मात्र प्राथमिक विद्यालय जान्थे। तर, सन् २०१२ को विश्व बैंकको रिपोर्ट अनुसार करिब ८० लाख बच्चा प्राथमिक विद्यालय जान्थे। त्यसमा करिब ३० लाख छात्रा थिए। यथार्थ यो पनि हो कि, यीमध्ये धेरै छात्रा माध्यमिक विद्यालय जान पाएनन्।

युनिसेफको सन् २०१०–११ को रिपोर्ट अनुसार १५ देखि २४ वर्षको उमेरका महिलाको साक्षरता दर २२ प्रतिशत मात्र छ। यो निकै कम भए पनि अफगानिस्तानमा आएको ठूलो परिवर्तन हो। यहाँ ५२ प्रतिशत किशोरीको २० वर्षभन्दा कम उमेरमै विवाह हुन्छ।

किन तालिबान बदलिनु जरुरी छ?
विदेश मामिलाका वरिष्ठ भारतीय पत्रकार तथा टाइम्स अफ इन्डियाका डिप्लोमेटिक एडिटर इन्द्राणी बागची तालिबान बदलिएको कुरा अहिलको अवस्थामा ढुक्क भएर भन्न नसकिने बताउँछन्। तालिबानहरुको विचार नबदलिएको र शरिया कानुन अनुसार मात्र महिलालाई अधिकार दिने कुरा बताइरहेको उनको भनाइ छ।

तस्बिर : द गार्जियन/एपी।

इन्द्राणी भन्छन्, ‘तालिबानसँग पनि अफगानिस्तानलाई बदल्ने विचार छ। के तिनीहरु फेरि एक पटक महिलालाई बन्दुकको नोक देखाइ घरमै थुनेर बच्चा पैदा गर्न मात्र लगाउन सक्छन्? उनीहरुले पनि यो बुझ्न जरुरी छ।’

गएको हप्ता तालिबानको विरोधमा हातमा पोष्टर लिएकी एक महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर 'शेयर' गर्दै ती ‘निडर’ महिलाको साहसको निकै तारिफ भएको थियो। अफगानिस्तानका केही जिल्लामा तालिबान विरोधी समूहले संघर्ष गर्न पनि थालिसकेका छन्।

लैङ्गिक समानाताको मुद्दा पश्चिमा देशको भएकाले पनि तालिबानमाथि बदिलिने दबाब हुने इन्द्राणी बताउँछन्। उनी भन्छन्, ‘२१औँ शताब्दीमा मानव अधिकार, महिला अधिकार, लैङ्गिक समानता जस्ता मुद्दा पश्चिमी देशले गम्भीर रुपमा उठाइरहेका छन्। तालिबानलाई सत्तामा रहिरहन पश्चिमा देशको स्वीकार्यता चाहिन्छ। उनीहरुबाट आर्थिक र प्राविधिक सहयोग चाहिन्छ। यस्तो अवस्थामा तालिबानले थोरै ‘उदार’ अनुहार देखाउन सक्छन्।’

-बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित... बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्