इटहरी– कोठा भाडामा लिएर लागूऔषध कारोबार गर्ने तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका–८ का सूर्यमणि राउतको घरमा डेरा गरी बस्ने तेजनारायण चौधरी, इटहरी–१ का भविस राई र कोशी–हरैचा–४ का प्रदिप ढकाललाई प्रहरीले पक्राउ गरेको हो। तीनमध्ये चौधरी बिक्रेता तथा राई र ढकाल ग्राहक रहेको प्रहरीले जनाएको छ।
पुनम खड्काले राउतको घरमा सञ्चालन गरेको औषधी पसलमा काम गर्ने चौधरीले आफ्नो कोठाबाट लागूऔषध कारोबार गर्ने गरेको पाईएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ। उनको कोठाबाट स्पाजमोल, टेट्रामाटस, ट्रमाटस (एसआए) र स्पास्मोप्रोक्सिवन क्याप्सुललगायतका प्रतिबन्धित लागूऔषध बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।