विराटनगर– खोटाङ र उदयपुरमा बुधबार भएको आगलागीमा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
खोटाङको रावावेशी गाउँपालिका–४ का ध्रुव दर्जीका छोरा मदनले सलाई खेलाउँदा आगो सल्किएर घर जलेको हो।
आगलागीमा घरसहित लत्ताकपडा र खाद्यान्न समेत जलेर करिव ५ लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले बताए।
प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी चौकी डुम्रेधारापानीले जनाएको छ।
यसैगरी, उदयपुरको लिम्चुबुङ गाउँपालिका ४ बलम्ताका भद्रसरी राईको घरमा आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ। सोलार प्यानल सर्ट भई राती करिब १० बजे आगलागी भएको हो।
आगोले घर, ३३ तोला चाँदीका गहना, १५ हजार नगद, खाद्यान्न र लत्ताकपडा समेत जलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।