काठमाडौं– यो साता सेयर बजारमा ९७ अर्ब ५९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबर भएको छ। गत साताको तुलनामा यो रकम १८ अर्ब ३३ करोडले बढी हो।
गत साता ७९ अर्ब २६ करोड ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। गत साता १४ करोड ९८ लाख ३२ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा यो साता १६ करोड २२ लाख ४ हजार ३८० कित्ता सेयर कारोबार भएको छ।
कारोबार रकम तथा कित्ता दुवै बढेको यो साता नेप्से परिसूचक भने १ दशमलव ७८ अंकले मात्र वृद्धि भएको छ। गत साता ३१ सय ७९ बिन्दुमा रहेको नेप्से परिसूचक यो साता ३१८० दशमलव ७८ बिन्दुमा बन्द भएको हो।
साताको पाँच कारोबार दिनमा दुई दिन बजार घटेको थियो भने भने तीन दिन बढेको थियो। पहिलो कारोबार दिन २४ दशमलव ५७ अंकले घटेको बजार दोस्रो दिन ५ दशमलव ७२ अंक, तेस्रो दिन शून्य दशमलव २३ अंक र चौथो दिन ३८ दशमलव २८ अंक बजार बढेको थियो। कारोबारको अन्तिम दिन भने बजार १८ दशमलव २४ अंकले बजार घटेको हो
साताको चौथो कारोबार दिन बुधबार नेप्से ३१ सय ९८ दशमलव ६० विन्दुमा पुगेको थियो। यो हालसम्मकै उच्च हो। यो साता कुल बजार पूँजीकरण गत साताभन्दा ५ अर्ब ९१ करोड २६ हजारले वृद्धि भएको छ। गत साता ४४ खर्ब ३७ अर्ब २७ करोड ५३ हजार रहेको बजार पूँजीकरण यो साता ४४ खर्ब ४३ अर्ब १८ करोड ७९ हजार कायम भएको हो।
यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएबका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।