काठमाडौं- जीवन बिमा प्रदायक कम्पनी राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटलमाध्यमबाट भुक्तानी गर्न सकिने भएको छ।
डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत् डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार अब बिमा संस्थानमा बिमा शुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने कम्पनीले जानकारी दिएको छ।
'प्रिमियम डिजिटल भुक्तानीमार्फत् तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधानले बुधबार डिजिटल भुक्तानी सेवाको शुभारम्भ गरेका थिए।
‘नेपालको पुरानो बिमा कम्पनी भए पनि संस्थानले प्राविधिक हिसाबले आफूलाई कान्छो कम्पनी भन्नुपर्ने बाध्यता रहेको थियो। आगामी दिनमा बिमा शुल्क बुझाउन लाइन बस्नुपर्ने झन्झटबाट बीमित मुक्त भएका छन्,’ प्रशासक पाठकले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।