काठमाडौं- सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन्।
सञ्चालक समितिले वैदवारलाई ४ वर्षको लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
सिद्धार्थ इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरेका उनले कायममुकायम प्रमुख कार्यकारी हुँदै चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलतापुर्वक पूरा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।