• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेपालकै ठूलो पुरस्कार राशी भएको फोटो प्रतियोगिताको घोषणा

64x64
नेपाल लाइभ बुधबार, जेठ २३, २०७५  १५:०७
1140x725

काठमाडौं– नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ। 

आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा क्लबले विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा गर्न लागेको हो। यसमा भाग लिन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्ने क्लबले जनाएको छ। 

क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ। उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने प्रावधान छ। 

बुधबारबाटै सुरु हुने दर्ता प्रक्रिया असार ६ गते मध्यरातमा १२ बजे बन्द हुनेछ। पिजे क्लबले  सातै विधाका विजेताको घोषणा गरेर विजेतालाई पुरस्कार वितरण गर्नेछ । 

पुरस्कार वितरण कार्यक्रमपछि साउन १५ देखि २१  गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरिसकेपछि मोफसलका पाँच स्थानमा पनि उक्त फोटोहरू प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए। उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज र पोखरामा तीन÷तीन दिन फोटो प्रदर्शनी गरिनेछ। 

प्रतियोगितामा यसपटक १ हजार ५ सय भन्दा बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजारभन्दा बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने अपेक्षा रहेको आयोजकले जनाएको छ।  दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा करिब १२ सय फोटोग्राफर तथा फोटो पत्रकारका ११ हजार फोटो प्रतिस्पर्धामा उत्रिएका थिए। प्रदर्शनीलाई १ लाखभन्दा बढीले अवलोकन गरेका थिए। 

आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आइएमएस डेली लाइफ, ३एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम,  नेचर एण्ड वाइल्डलाइफ, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन्। 

अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७३  साल बैशाख १ गते देखि २०७४ चैत्र मसान्तसम्म खिचिएका तस्बिरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिने छ। अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटो यो प्रतियोगिताका लागि समावेश गराउन नपाइने क्लबले जनाएको छ। 
 ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन्।
प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन । आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल टुरिजम बोर्डको मुख्य सहयोग हुने प्रतियोगितामा हालसम्म अर्घाखाँची सिमेन्ट, आईएमएस, शिखर इन्स्योरेन्स, नेप्टोस  र डिसहोमले विधागत प्रायोजकका रुपमा सघाउने छन् । बिपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्टस, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्टस, भायनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भूमिका निर्वाह गर्ने भएका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

मुख्य प्रायोजक आइएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीको प्रायोजनलाई निरन्तरता दिइने वचन दिए। ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ। तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई शुुभकामना दिन चाहन्छां ।’

आईएमई ग्रुपका अध्यक्ष दीपक मलहोत्राले यस्ता प्रतियोगिताको आयोजना गरेर पिजे क्लबले सह्रानीय काम गरेको बताए। ‘फोटोले जुन कुरा उजागर गर्छ । अरु कसैले गर्न सक्दैन । त्यसैले पिजे क्लबले अहिले बनेको स्थायी सरकारका कामकारबाहीलाई फोटो मार्फत प्रस्तुत गरेर आफ्नो भूमिका निर्बाह गर्ने छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘ हामी ६ वर्षदेखि साथमा छौं । हरेक वर्ष सहयोग गर्न तत्पर छौं ।’  

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहँदै आएको विचार राखे। उनले भने, ‘फोटोले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गरेको छ। हामी पिजे क्लबसँग हातेमालो गर्न पाउँदा आभारी छौं । सधैं साथ रहने छ ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले फोटोले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले बोर्डले सधैं यस्ता कार्यकक्रमलाई सहकर्मीको रुपमा साथ दिने बताए। 
यसैगरी शिखर इन्स्योरेन्सका म्यानेजर सुरज राजबहाकले पिजे क्लबले आयोजना गर्दै आएको यो प्रतियोगितामा आफ्नो कम्पनीले तीन वर्षदेखि सहकार्य गर्न पाउँदा खुशी महसुश गरेको बताए । उनले कार्यक्रममा बोल्दै भने, ‘हामी आगमी दिनमा साथ दिने वाचा गर्दछौं ।’

डिस मिडियाका मार्केटिङ म्यानेजर मनोज न्यौपानेले लामो समयदेखि यो प्रतियोगिता आयोजना भएको भएपनि आफूहरु यो पटकदेखि जोडिन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘हाम्रो यो साथलाई निरन्तरता दिन सक्छौं ।’ 


यस्तै अर्घाखाँची सिमेन्टका जनरल म्यानेजर रमेश थापाले पाँचौं र छैटौं संस्करणमा आवद्ध हुन पाउँदा खुशी लागेको बताए। उनले भने, ‘पिजे क्लबसँग जोडिन पाउँदा गौरव महसुश गरेका छौं । सहकार्य अनन्तसम्म रहिरहोस्। सफलताको कामना गर्दछु।’

मनिराम ग्रुप तथा नेप्टोसका अध्यक्ष सुजन कुमार श्रेष्ठले फोटोको माध्यमबाट अभिव्यक्त गर्दा यथार्थ देख्न सकिने र प्रत्येक फोटोले कहानी उद्घोष गर्ने भएकोले यस्ता प्रतियोगिताको महत्व रहेको बताए। उनले भने, ‘अब हाम्रो सम्बन्ध निरन्तर चलिरहन्छ । आगामी दिनमा सम्बन्ध कायम रहन्छ ।’ 

  आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ को ६ सदस्यीय  निर्णायक मण्डल रहेको छ। दक्षिण एसिया तथा भारतका वरिष्ठ फोटोग्राफर पाब्लो बारथोलोमिओको अध्यक्षता रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार प्रतीक प्रधान, वरिष्ठ फोटोपत्रकार, क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एबम क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका छन । 

प्रतियोगिताको प्रचार सहकर्मीको रुपमा न्यूज एजेन्सी नेपाल रहेको छ भने फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड छ। मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रजी दैनिक, शुक्रबार साप्ताहिक, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, आर्थिक अभियान दैनिक, हिमालय टाईम्स, आर्थिक दैनिक,  पोखरा हटलाइन, पश्चिमटुडे, दैनिक नेपालगन्ज र क्यापिटल बिजनेस म्यागजिन छन् ।

यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल, हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन र जनता टेलिभिजन छन् ।

अनलाइन पार्टनरमा नेपाललाइभ डटकम, इकान्तिपुर डटकम, नागरिक न्युजडटकम, माइरिपब्लिका डटकम, अनलाइनखवर डटकम, अन्नपूर्णपोष्ट डटकम, ईनयापत्रिका डटकम पहिलोपोष्ट डटकम, बाह्रखरी डटकम, माइसन्सार डटकम, नेपालखबर डटकम, देशसञ्चार डटकम, थाहाखबर डटकम, विजमान्डु डटकम, सदृश्य डटकम, क्लिकमान्डू डटकम, रातोपाटी डटकम, लोकान्तर डटकम, माइन्यूजनेपाल डटकम, क्यापिटलनेपाल डटकम, हाम्राकुरा डटकम, मेरोलगानी डटकम, कर्पोरेटनेपाल डटकम, छन् । उज्यालो नेटवर्क र सिटीजन एफएम रेडियो पार्टनर रहेका छन्।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्