बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका ७ मा घर भत्किँदा १ जनाको ज्यान गएको छ। स्मृति टोलमा रहेको घर भत्किँदा गाह्रोले च्यापिएर सन्तराम थारुको मृत्यु भएकोे प्रहरीले जनाएको छ।
गएराति परेको अविरल वर्षा र हावाहुरीका कारण कमजोर भएको घरको गाह्रो भत्किएको थियो। थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी २२ वर्षीया श्रीमती सानुमाया थारु भने घाइते भएकी छिन्।
उनको लुम्बिनी अञ्चल अस्पातामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।