काठमाडौं- पुँजीबजार मापक परिसूचक नेप्से आज उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा उक्लिएको छ।
नेप्सेका अनुसार आज कूल २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२८ वटा कम्पनीका तीन करोड ६५ लाख नौ हजार ७५१ कित्ता सेयर एक लाख ८८ हजार ४५४ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.८६ अंकले बढेर ५९८.१५ विन्दुमा उक्लिएको छ।
आज चार वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एसबीएल डिबेञ्चर-२०८२ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.८६ प्रतिशतका दरले गुमाएका छन्।
आज नेसनल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७८ करोड ८७ लाख तीन हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सबैभन्दा धेरै १५ लाख ४२ हजार २०० कित्ता सेयर सबैभन्दा धेरै सात हजार ४५३ पटक किनबेच भएका थिए।
आज म्युचुअल फण्ड, व्यापार र अन्यबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।