काठमाडौं- सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा भएको छ।
सिटिजन्स बैंक इन्टरनेसल लिमिटेडद्वारा प्रवर्द्धित सीबीआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फण्डका एकाइधनीहरुलाई ४० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरिएको हो।
क्यापिटल सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ ले एकाइधनीहरुलाई ४० प्रतिशतका दरले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ (करसहित) लाभांश वितरण गर्ने भएको छ। यस्तै सिटिजन्स म्युचुअल फण्ड २ ले एकाइधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।