काठमाडौं– लिखित परीक्षाबाट पहिलो पटक जिल्ला न्यायाधीश भएकाहरुलाई कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सपथ गराएका छन्।
आइतबार बसेको न्याय परिषदको बैठकले परीक्षाबाट पास भएका १६ जना जिल्ला न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।
परीक्षामा पास भएको तीन महिनापछि उनीहरु जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।