काठमाडौं- पुँजीबजार मापक परिसूचकमा आज झिनो सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३२ विन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज कूल १८ अर्ब २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २२१ वटा कम्पनीका तीन करोड छ लाख १३ हजार ४३९ कित्ता सेयर एक लाख ६१ हजार ७२१ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा कायम भएको छ।
आज १२ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.८६ प्रतिशतका दरले गुमाएका छन्।
आज अपि पावर कम्पनीको सेयर सबैभन्दा धेरै ८६ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा पनि अपि पावर नै अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सबैभन्दा धेरै १३ लाख ४१ हजार २४० कित्ता र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सेयर सबैभन्दा धेरै १० हजार ३२५ पटक किनबेच भएका थिए।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।