पोखरा– ग्यास लिक भई बुधबार कास्कीमा एउटा घरमा आगलागी भएको छ। पोखरा लेखनाथ महानगरपालिका–बरपाटनका विष्णु पौडेलको २ तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
घरको माथिल्लो तल्लामा डेरा गरी बस्ने शान्ता परियारको कोठामा ग्यास लिक भई आगलागी भएको थियो। आगलागीबाट परियारको २ वर्षीय छोरा समीर परियार र दिदीकी १७ वर्षीया छोरी शर्मिला परियार घाइते भएको प्रहरी उपरीक्षक विरेन्द्र बस्यालले जानकारी दिए।
घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।