• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुल्झिएनन् राजधानीमै भएका जघन्य अपराध : प्रहरीको विशिष्टीकृत एकाइ भने दैनिक पुलिसिङमा रमाउँदै

64x64
नारायण अधिकारी बिहीबार, भदौ ३, २०७८  २०:५६
1140x725

काठमाडौं– ललितपुरस्थित सानेपाको गुसिटोलमा भारतीय नागरिक सत्यनारायण पारिखको हत्या भएको एक महिना बितिसकेको छ। घरको ढोका नखुलेपछि गत २० असारमा ताला फोडेर प्रहरी भित्र पस्दा उनी मृत भेटिएका थिए।

सत्यनाराणको कोठाको ‘क्राइम सिन’बाट प्रहरीले उनको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। पाटन अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा उनको मृत्युको कारण ‘ब्लण्ट फोर्स इन्जुरी’ उल्लेख छ। उक्त रिपोर्ट र कोठामा भेटिएका सामग्रीका आधारमा उनको हत्या ह्याम्मरले हानेर गरिएको प्रहरीको निष्कर्ष छ।

जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानरीय प्रहरी अपराध महाशााखा) ले सुरुदेखि नै यो घटनाको अनुसन्धान गरिरहेका छन्। महाशाखा काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको विशिष्टिकृत इकाई हो। तर, अहिलेसम्म प्रहरीले सत्यनारायणको हत्याको गुत्थी केलाउन सकेको छैन। उनको हत्या कसले र किन गर्‍यो भन्ने विषय रहस्यमै छ।

उपत्यकामा भएका यस्ता थुप्रै जघन्य अपराधका घटनाको रहस्य अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभर भएका १६ हजारभन्दा बढी अपराधका घटना सुल्झिन बाँकी छन्। त्यसमध्ये झण्डै एक चौथाइ घटना काठमाडौं उपत्यकाका हुन्।

उपत्यकामा हुने जघन्य र जटिल खालका संगठित अपराधको अनुसन्धान गर्न गठन भएको महानगरीय प्रहरी अपराध महाशाखा भने दैनिक पुलिसिङमा नै रमाउने गरेको एक प्रहरी अधिकारी नै बताउँछन्। ती अधिकारीले भने जस्तो महाशाखाका केही कामहरु हेर्ने हो भने सामान्य घटनातिर मात्र महाशाखाको ध्यान केन्द्रित भएको देखिन्छ। कालोबजारी गर्ने पक्राउ, रक्सी भट्टीमा छापा, चितुवाको छाला बरामद, सट्टेबाजी (अनलाइन जुवा) मा छापा, नक्कली पीसीआर रिपोर्ट बनाउने पक्राउ, भालुको पित्त बरामद जस्ता अपरशेन अनुसन्धानको विशिष्टिकृत इकाई अपराध महाशाखाले गरिरहेको छ।

महाशाखाकै एक अधिकारी पनि अनुसन्धानमा विशिष्ट काम हुन नसकेको स्वीकार गर्छन्। उनी भन्छन्, ‘कालोबजारी हेर्न वाणिज्य विभाग छ, सेनिटाइजरको शुद्धीकरण हेर्न गुणस्तर विभाग छ, हुण्डी कारोबार हेर्न राजश्व अनुसन्धान विभाग छ। तर, ती इकाईहरु निदाएर बसेका छन्। अपराध भएपछि नियन्त्रण गर्नै पर्छ। हामीले पक्राउ गरेर सम्बन्धित विभागलाई बुझाउने गरेका छौं।’ अपरेशन गरे पनि मुद्दा चलाउने अधिकार नभएकाले महाशाखाले अभियुक्तलाई सम्बन्धित प्रहरी वा अन्य कार्यालयमा बुझाउँछ।

पहिलाको केरकार शाखालाई छुट्टै अनुसन्धान महाशाखा बनाएपछि अनुसन्धानमा पोख्त अधिकारी त्यहाँ लगिने गरिएको छ। तर, वर्षौँ पुराना अपराधका घटनामा सफलता हासिल हुन सकेको छैन। ‘पहिला त प्रहरी परिसर र अनुसन्धान महाशाखाले आ–आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्नु प¥यो। दुवैले इकाई एउटैमा हात हाल्ने हो भने किन फरक फरक युनिटको आवश्यकता प¥यो?’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्।

यी हुन् सुल्झना नसकेका अपराध

nimb
nimb
Ncell 2
Ncell 2

पूर्वगृहमन्त्री खुमबहादुर खड्काका सुरक्षा गार्डको हत्या
प्रहरी नायब निरीक्षक (सई) कुबेरविक्रम कार्की खुमबहादुर खड्काका सुरक्षा गार्ड थिए। भक्तपुरको गोठाटार घरमा बसिरहेका बेला २० मंसिर २०६३ मा उनको हत्या भयो।

कार्कीलाई घरबाट घिसार्दै बाहिर लगेर खुकुरीले हानेर विभत्स ढंगले खुकुरी प्रहार गरिएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते ३२ वर्षीय कार्र्कीको मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ज्यान गयो।

उनको हत्या भएको १५ वर्ष बितिसकेको छ। तर, यस घटनाको अनुसन्धानमा भएको प्रगतिबारे प्रहरी नै बेखबर छ। अनुसन्धान भइरहेको ‘रेडिमेट जवाफ’ बाहेक प्रहरीसँग कुनै उत्तर छैन। जघन्य अपराध अनुसन्धान गर्ने महाशाखाका एक अधिकारीका अनुसार यो हत्याको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन।

दिवाकार चन्दको हत्या
प्रहरीको अनुसन्धानलाई नै जिल खुवाउने घटना हो, हाइप्रोफाइल दिवाकर चन्दको हत्या। पूर्वराजा त्रिभुवनका पनातिनी–ज्वाइँसमेत रहेका चन्द विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष थिए। श्रीमतीसँग छोडपत्र गरेर उनी धोबीघाटमा फ्ल्याट भाडामा लिएर बसेका थिए। उनको १७ असोज २०६९ हत्या भएको थियो। हत्या भएको ती दिनपछि मात्रै चन्दको शव फेला परेको थियो।

टेलिफोनको तारले घाँटी कसेर ५५ वर्र्षीय चन्दको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष थियो। तर, आठ वर्ष बितिसक्दासमेत चन्दका हत्यारा पत्ता लाग्न सकेको छैन।

यो घटनामा हत्याका केही कारण प्रहरीले विश्लेषण गरेको छ। श्रीमतीसँग छोडपत्र गरेको हुनु र सम्पत्तिकै कारण अरु कसैले हत्या गरेको हुनसक्ने प्रहरीको विश्लेषण छ।

धोबीघाटमा एक्लै बस्दै आएका उनको कोठामा बारम्बार महिलाहरु पनि आउने गरेका थिए। त्यसेबला उनका कोठामा आउने भनिएका र शंकास्पद गरी करिब २४ महिलासँग प्रहरीले सोधपुछ गरेको थियो। तर, अहिलेसम्म प्रहरीले अनुसन्धानको मेसो पाउन सकेको छैन।
नेपाल इन्भेस्टमेन्ट बैंकमा चन्द परिवारले धितो राखेको जग्गाका विवाद थियो। प्रहरी त्यहाँसम्म पुगे पनि त्यसभन्दा अघि अनुसन्धान बढ्न सकेको छैन।

सुन व्यवसायी दम्पतीको हत्या
काठमाडौंको बांगेमुडामा ११ असोज २०६१ मा सुन व्यवसायी दम्पतीको हत्या भयो। राजेशकाजी शाक्य र उनकी श्रीमती आशामायामाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो। राजेशकाजीको घटनास्थलमै मृत्यु भएको थियो भने आशामायाको उपचारको क्रममा ज्यान गयो। अज्ञात आक्रमणकारीले गोली प्रहारपछि उनीहरुका साथमा भएका सुनका गरगहनासमेत लुटेका थिए।

हत्या आरोपमा पूर्वसैनिक सुमन गिरीमाथि अनुसन्धान गरिएको थियो। पछि उनको संलग्नता नरहेको पाइएपछि रिहा भएका थिए। तर, घटना भएको १७ वर्ष बित्न लाग्दासमेत अपराधीको पहिचान हुन सकेको छैन।

२२ वर्षअघिको ललितपुर हत्याकाण्ड
ललितपुरको खपिन्छेका कृष्णमान व्यञ्जनकारकी ३० वर्षीया श्रीमती शान्तिको २४ भदौ २०५५ हत्या भयो। घरको तेस्रो तलामा क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो।

श्रीमतीको हत्यापछि श्रीमान् कृष्णमान र शान्तिकी आमा ज्ञानमायाले प्रहरीमा जाहेरी दिएका थिए। विवाह गरे पनि दाजुभाइ कोही नभएकाले शान्ति आमासँग बस्दै आएकी थिइन्। उनका दुई छोरी र एक छोरा थिए।

काठ पसल सञ्चालन गरेर बसेकी शान्तिको हत्या भएपछि प्रहरीले पसलमा काम गर्नेमाथि शंका गरेर अनुसन्धान अघि बढाएको थियो। घटना भएको २२ वर्ष बितिसक्यो, तर प्रहरी अझै पनि अनुसन्धानमै छ।

अझै पत्ता लागिनन् बेपत्ता छोरीमैयाँ
काठमाडौं जैसिदेवलकी ५२ वर्षीया छोरीमैयाँ महर्जन १६ फागुन २०६८ मा बेपत्ता भएकी थिइन्। निकी भनिने सुरक्षा सिंहले खेलाउने ढुकुटीमा जान भनेर हिँडेकी उनी त्यसपछि घर फर्किनन्। रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरु भएको थियो। छोरीमैयाँको मोबाइलबाट शंकास्पद म्यासेज आएपछि उनी अपहरणमा परेको आशंका गर्दै परिवारले प्रहरीमा खबर गरेका थिए।
उक्त घटनाको अनुसन्धानमा महानगरीय प्रहरी अपराध महाशाखाले गरेको थियो। छोरीमैयाँको खोजी गरी तत्काल सार्वजनिक गर्न भन्दै काठमाडौंमा आन्दोलनसमेत भएको थियो। तर, अहिलेसम्म उनको अवस्थाबारे प्रहरी अनविज्ञ छ।

न भेटियो टाउको, न भयो सनाखत
मध्यपुर–थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका सीमानामा पर्ने बालकोट, हनुमन्ते खोलामा १७ चैत २०७६ मा एक महिलाको टाउको बिनाको शव फेला परेको थियो। गट्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने करिडोरमा सड्न थालिसककेको शव भेटिएको थियो।

निलो सुरुवाल, कलेजी रङको कुर्था लगाएकी ती महिलाको हातखुट्टा र हिपको भाग जनावरले खाएजस्तो, बाँया हातको पञ्जा नै नभएको अवस्था थियो। शव नजिकैबाट प्रहरीले बोरा र जेब्रा झोलासमेत बरामद गरेको थियो।

शव भेटिएको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र उपत्यकाका तीन जिल्लाको जघन्य अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो। तर, घटना भएको झण्डै साढे एक वर्ष पुग्न लाग्दा सत्यतथ्य बाहिर आउन सकेको छैन।

अहिलेसम्म मृतकको परिचय खुलेको छैन। शवको टाउको पनि भेटिएको छैन। न हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छ। घटना रहस्यकै गर्भमा छ।

‘क्राइम सिनमा चुक्दा समस्या’
वर्षौँसम्म पनि अपराधी पत्ता नलाग्नुको मुख्य कारणमध्ये एक क्राइम सिन सुरक्षित गर्न नसक्नु पनि रहेको विज्ञहरु बताउँछन्। अपराधको प्रमाण नष्ट हुनु र अनुसन्धान अधिकारी पुग्दासम्म प्रमाण सुरक्षित राख्न नसक्नुले समस्या आउने पूर्वडीआईजी मल्ल बताउँछन्।

‘अपराध अनुसन्धानको पहिलो कडी नै क्राइम सिन हो। त्यसलाई सुरक्षित नराखेसम्म ठीकसँग अनुसन्धान गर्न सम्भव हुँदैन,’ उनी भन्छन्, ‘घटनास्थलको सबुद कसरी जुटाइन्छ र त्यसको विश्लेषण कसरी हुन्छ भन्ने विषयको असर अनुसन्धानको अन्तिम विन्दुसम्म पर्छ।’

काठमाडौं उपत्यकाको हकमा परिसर र महाशाखाबीच हुने अस्वस्थ प्रतिस्पर्धा र प्रचारबाजीले पनि अनुसन्धानमा प्रभाव पारेको एक पूर्वप्रहरी अधिकारी बताउँछन्। ‘कतिपय घटनामा एकले अर्कालाई उछिन्ने होडबाजी भएको देखिन्छ। यी दुई इकाईबीच राम्रोसँग को–अर्डिनेशन नहुँदा अपराधी नै भागेका उदाहरण पनि छन्,’ उनी भन्छन्।

तर, अहिलेको अवस्था भने त्यस्तो नरहेको दाबी महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले गरे। ‘पहिला के थियो त्यो मलाई थाहा भएन। तर अहिले त्यस्तो अवस्था छैन,’ उनले भने।

अनुसन्धानबाट अपराधसँग जोडिएका तथ्य तथा अपराधी पत्ता लाग्नुमा घटनास्थलको सबुत प्रमाण नै पहिलो आधार हुन्छ। तर, अनुसन्धानमा विशेषज्ञता भएका प्रहरी घटनास्थलसम्म नपुग्ने भएकाले पनि अपराधको गाँठो फुस्किन नसकेको प्रहरीको बुझाइ छ।

पुराना अपराध अनुसन्धानको प्राथमिकतामा छन् : एसएसपी खापुङ
काठमाडौं उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भने पुराना अपराध घटनाको अनुसन्धान प्राथमिकतामै रहेको बताएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी चन्द्रकुवेर खापुङ अहिले पनि पुराना केसका फाइलहरु केलाउने काम भइरहेको बताउँछन्। ‘जति पुराना केसहरु हुन्छन् त्यति नै अनुसन्धानमा जटिलता हुँदै जान्छ। पर्याप्त प्रमाण हुँदैन। त्यस्ता केसमा म्यानुअल्ली अनुसन्धान गर्नुपर्ने हुन्छ,’ एसएसपी खापुङ भन्छन्, ‘त्यो भएर यस्ता केशहरु सुल्टिन वर्षौ लाग्न पनि सक्छ।’ पर्याप्त स्रोत साधन तथा प्रविधिको अभावमा पनि कतिपय घटना सुल्झन नसकेको खापुङले बताए।

उपत्यका अपराध अनुसन्धान कार्यालयले एसएसपी सर्वेन्द्र खनालको पालामा एउटा पुरानो घटना बडिखेल हत्याकाण्डलाई सुल्झाएको थियो। त्यसपछि भने उक्त कार्यालयले त्यस्तै पुरानो र चर्चामा आएका घटना सुल्झाउन सकेको छैन। यसबारे एसएसपी खापुङ भन्छन्, ‘अनुसन्धान जटिल भएर नै अहिलेसम्म त्यस्ता अपराधका दोषी पत्ता नलागेका हुन्। यस्तो प्रकृतिको अनुसन्धानलाई वर्षौँ समय लाग्न सक्छ।’

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
रोहिङ्ग्या संकट झन् गहिरिँदै, गुटेरेसले मागे विश्व समुदायको तत्काल पहल मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्