काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ।
असार मसान्तसम्ममा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैकद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४० प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेको छ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।