राजविराज– मधेस आन्दोलनका क्रममा २०७३ फागुन २३ गते सप्तरीको मलेठमा ज्यान गुमाएकाहरुको सालिक निर्माण गरिने भएको छ।
राजविराज नगरपालिकाको ८१ लाख रुपैयाँको लागतमा वडा नम्बर ९ स्थित मलेठ चौकमा सहिदको सालिक निर्माण गर्न लागिएको हो। मेयर शम्भु यादवले बुधबार सालिक निर्माण स्थलको सिलान्यास गरे।
सिलान्यासका क्रममा मेयर यादवले ६ महिनाभित्र सालिक निर्माण गरिसक्ने बताए।
तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आन्दोलनरत मधेसी मोर्चाले अवरोध गरेपछि प्रहरीको गोली लागेर मलेठमा ५ जनाको मृत्यु भएको थियो। मृत्यु भएका सञ्जन मेहता, वीरेन्द्र मेहता, आनन्द साह, पिताम्बर मण्डल र इनरदेव यादवलाई सरकारले सहिद घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।