काठमाडौं- गत आर्थिक वर्ष ०७७/७८ मा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको मुनाफा ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कम्पनीले आइतबार आयोजित २७औं वार्षिक साधारणसभामा उक्त जानकारी दिएको हो।
कम्पनीले बिमा शुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलोपटक बिमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको जानकारी दिएको छ।
कम्पनीले गत आवमा कूल बिमा शुल्कबाट ६९ करोड ८९ लाख तीन हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ। कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेकोमा गत आवमा २४० प्रतिशतले वृद्धि गरी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुर्याएको विवरण कम्पनीले सार्वजनिक गरेको छ।
साधारणसभा 'भर्चुअल' माध्यममार्फत् आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।