काठमाडौं- लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिका-४ स्थित गरुडा बजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यो बैंकको १३४औँ शाखा हो।
उक्त शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, छ एक्स्टेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १६३ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।