काठमाडौं– ग्लोबल आईएमई बैंकले गत आवको चौथो त्रैमासमा ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले धेरै हो। अघिल्लो आवमा कम्पनीले २ अर्ब ९० करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ९ प्रतिशत र सञ्चालन नाफा ४० प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ।
कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ।
चुक्तापूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ अर्ब २० करोड ४९ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।