काठमाडौं- सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले एकाइधनीहरुलाई करसहित ५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।
फण्डले गत आर्थिक वर्ष २०७७/७८ को प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। म्युचुअल फण्डका एकाइधनीहरुलाई करसहित ५० प्रतिशतका दरले हुन आउने ४३ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको फण्डका व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको छ।
सनराइज बैंक लिमिटेडले प्रवर्द्धन गरेको उक्त म्युच्युअल फण्ड सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको छ। उक्त फण्ड सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।