काठमाडौं– नेपाल प्रहरीको बढुवामा भएको विवादलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विगतमा भएको कमजोरीलाई सुधारको प्रयास गरेको दाबी गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निष्पक्ष रुपमा बढुवा गरिएको दाबी गरे।
मन्त्तालयमा आफ्नो सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी बढुवाको विावदबारे सोधिएको प्रश्नमा उनले खुलेर जवाफ दिएनन्। विगतमा प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई यसपटक सुधार गरिएको उनको दाबी थियो।
एसपी र डिएसपी बढुवामा चरम राजनीतिक हस्तक्षेप भएको र राम्रा अधिकृतभन्दा नेता निकटलाई प्राथमिकता दिएको भन्दै गृह मन्त्रलाय र प्रहरी नेतृत्वको आलोचना भएको थियो। कार्यक्षमता नहेरी नेताहरुको सिफारिसमा बढुवा सूची बनाइएको भन्दै प्रहरीमा असन्तुष्टि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।