• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

३१ मुद्दाका मोस्ट वान्टेड : यातायात कार्यालयका बिचौलिया यसरी बनेका थिए कुख्यात ठग

64x64
नारायण अधिकारी आइतबार, साउन ३१, २०७८  १३:३९
1140x725

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्राथमिकतासाथ अनुसन्धान गरेको एउटा केसका अभियुक्तलाई शनिबार मात्रै पोर्चुगलबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा काठमाडौं ल्याइएको छ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ का केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा शनिबार पोर्चुगलबाट काठमाडौं ल्याइएको हो। ठगीका ‘राजा’ ढुंगानाको अपराध यात्रा भने बिचौलियाबाट सुरु भएर बैंक नै ठगी गर्ने गिरोहसम्मको रहेको छ। 

ढुंगाना पहिले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लेखापढीको काम गर्थे। उनले त्यसबेला सेवाग्राहीलाई प्रभावमा पारेर छिटोछरितो काम गर्ने भन्दै रकम लिएर काम गराइदिन्थे। खासमा उनी यातायात कार्यालय अघि बिचौलियाको काम गर्थे। गाडी पासदेखि नामसारीसम्ममा उनले काम गरेका थिए। सीआईबीका अनुसार उनले गाडीकै रिकन्डिशन सोरुम समेत सञ्चालन गरेका थिए। 

बिचौलियाबाट केही कमाई गर्न थालेपछि रिकन्डिसन सोरुम सञ्चालन गरेका उनी गाडीको नक्कली कागजात बनाउनेसम्मका काम गर्न थालेका थिए। यसरी गाडीकै नक्कली कागजात बनाउन थालेका उनले तीनै नक्कली कागजाताको आधारमा सवारी कर्जा निकालेर बैंक ठगी गर्ने योजना बनाएर ठगीको धन्दा सुरु गरेको सीआईबीका डीआईजी धिरजप्रताप सिंह बताउँछन्।

त्यसपछि उनले आफू र नारायणबहादुर श्रेष्ठसहित १२ जनाको समूह बनाएका थिए। यो समूहले गाडीका सबै कागजात नक्कली बनाउने र त्यही कागजात पेश गरेर बैंकबाट सवारी कर्जा निकाली ठगी गर्ने योजना बनाएका थिए। सोही अनुसार उनीहरुले धन्दा सुरु गरे।

उनले नारायणबहादुरलाई रोज्नुको पछाडी उनका दुई वटा कन्टेनर समेत रहेको र उनैलाई विश्वासमा पारी बैंकबाट कर्जा निकाल्ने दाउमा थिए। पहिलो चरणमा उनीहरुले देव विकास बैंकबाट बा ११ च १३४६ नम्बरको कारको नक्कली कागजात बनाएर ऋण लिए। यातायात व्यवस्था कार्यालय एकान्तकुमानामा नक्कली कागजात पेश गरी उक्त कार देव विकास बैंकको नाममा नामसारी गरी उनीहरुले २०७१ सालमा १५ लाख ऋण लिन सफल भए। यसरी लिएको ऋण ढुंगानासँगै नारायण र कृष्णबहादुर खत्रीले बाँडफाँड गरेका थिए।

त्यसपछि यही शैली अपनाएर एकैपटक विभिन्न नम्बरका ६ वटा गाडी बैंकको नाममा नामसारी गरेर उनीहरुले ऋण लिएको अनुसन्धानमा खुलेको थियो। यसरी नक्कली कागजात बनाएर ढुंगानासिहत १२ जनाको यो गिरोहले बैंकबाट पटक पटक गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा लिएर ठगी गरेका थिए। 

सवारी कर्जा बापतको मासिक किस्ता हाल्दै गरेको ढुंगानाको यो गिरोहले २०७४ सालपछि भने किस्ता हाल्नै छाड्यो। बैंकले पटक पटक ताकेता गर्दा समेत उनीहरुले किस्ता हाल्न छाडेका थिए। त्यसपछि आफ्नो नाममा रहेका भनिएका गाडी बैंकले लिलामीका लागि प्रक्रिया अघि बढाउँदा बैंक नै झस्किएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ती गाडी बैंकको नाममा नभएको यातायात कार्यालयले जानकारी दिएपछि ढुंगाना गिरोहको ठगी धन्दा पर्दाफास भएको थियो। बैंक नै ठगिएको थाहा भएपछि बैंकले उनीहरुविरुद्ध सीआईबीमा २०७५ मंसिर २१ गते उजुरी दिएको थियो।

ठगी प्रकरणमा संलग्न भएको आरोपमा त्यसबेला नारायणबहादुर, बालकृष्ण श्रेष्ठ, चेतबहादुर, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, बैंकका भ्यालुएटर नरेशमान सिंह, ब्रान्च म्यानेजर सरिनशंकर श्रेष्ठ पक्राउ परेका थिए। 

तर, ढुंगाना भने फरार हुँदै आएका थिए। ढुंगानाविरुद्ध सरकारी कागजात कीर्तेमा काठमाडौं र ललितपुर जिल्ला अदालतमा गरी १५ वटा मुद्दा दर्ता भएका थिए। १० वटा मुद्दामा ढुंगानालाई प्रत्येक मुद्दाको १ वर्षका दरले १० वर्ष र प्रत्येक मुद्दामा ७० हजार रुपैयाँका दरले जरिवानाको फैसला भएको छ। बाँकी पाँच वटा मुद्दाको भने सुनुवाइ हुनै बाँकी  छ। यसैगरी, ढुंगानाविरुद्ध बैंकिङ कसूरका १६ मुद्दा परेका छन्। बैंकिङ कसूर सम्बन्धी १६ वटा मुद्दा पनि विचाराधीन छन्।

फरार रहेका ढुंगानालाई पक्राउ गर्न २०७५ पुस ४ गते पक्राउ पूर्जी जारी भएको थियो। तर, त्यसबेला ढुंगाना भने नेपाल नै छाडेर भागिसकेका थिए। त्यसबेला उनी दुबई पुगेको सूचना सीआईबीले पाएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि भने २०७५ पुस १७ इन्टरपोलमार्फत् डिफ्युज नोटिस जारी गरेर ढुंगानाको खोजी सुरु गरिएको थियो। गत वैशाख ३१ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। 

त्यतिबेला उनी पोर्चुगल पुगिसकेका थिए। पोर्चुगलमा रेसिडेन्स परमिटका लागि आवेदन दिएको जानकारी पाएपछि उनलाई इन्टरपोलको सहयोगमा पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्