• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

३१ मुद्दाका मोस्ट वान्टेड : यातायात कार्यालयका बिचौलिया यसरी बनेका थिए कुख्यात ठग

64x64
नारायण अधिकारी आइतबार, साउन ३१, २०७८  १३:३९
1140x725

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्राथमिकतासाथ अनुसन्धान गरेको एउटा केसका अभियुक्तलाई शनिबार मात्रै पोर्चुगलबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा काठमाडौं ल्याइएको छ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ का केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा शनिबार पोर्चुगलबाट काठमाडौं ल्याइएको हो। ठगीका ‘राजा’ ढुंगानाको अपराध यात्रा भने बिचौलियाबाट सुरु भएर बैंक नै ठगी गर्ने गिरोहसम्मको रहेको छ। 

ढुंगाना पहिले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लेखापढीको काम गर्थे। उनले त्यसबेला सेवाग्राहीलाई प्रभावमा पारेर छिटोछरितो काम गर्ने भन्दै रकम लिएर काम गराइदिन्थे। खासमा उनी यातायात कार्यालय अघि बिचौलियाको काम गर्थे। गाडी पासदेखि नामसारीसम्ममा उनले काम गरेका थिए। सीआईबीका अनुसार उनले गाडीकै रिकन्डिशन सोरुम समेत सञ्चालन गरेका थिए। 

बिचौलियाबाट केही कमाई गर्न थालेपछि रिकन्डिसन सोरुम सञ्चालन गरेका उनी गाडीको नक्कली कागजात बनाउनेसम्मका काम गर्न थालेका थिए। यसरी गाडीकै नक्कली कागजात बनाउन थालेका उनले तीनै नक्कली कागजाताको आधारमा सवारी कर्जा निकालेर बैंक ठगी गर्ने योजना बनाएर ठगीको धन्दा सुरु गरेको सीआईबीका डीआईजी धिरजप्रताप सिंह बताउँछन्।

त्यसपछि उनले आफू र नारायणबहादुर श्रेष्ठसहित १२ जनाको समूह बनाएका थिए। यो समूहले गाडीका सबै कागजात नक्कली बनाउने र त्यही कागजात पेश गरेर बैंकबाट सवारी कर्जा निकाली ठगी गर्ने योजना बनाएका थिए। सोही अनुसार उनीहरुले धन्दा सुरु गरे।

उनले नारायणबहादुरलाई रोज्नुको पछाडी उनका दुई वटा कन्टेनर समेत रहेको र उनैलाई विश्वासमा पारी बैंकबाट कर्जा निकाल्ने दाउमा थिए। पहिलो चरणमा उनीहरुले देव विकास बैंकबाट बा ११ च १३४६ नम्बरको कारको नक्कली कागजात बनाएर ऋण लिए। यातायात व्यवस्था कार्यालय एकान्तकुमानामा नक्कली कागजात पेश गरी उक्त कार देव विकास बैंकको नाममा नामसारी गरी उनीहरुले २०७१ सालमा १५ लाख ऋण लिन सफल भए। यसरी लिएको ऋण ढुंगानासँगै नारायण र कृष्णबहादुर खत्रीले बाँडफाँड गरेका थिए।

त्यसपछि यही शैली अपनाएर एकैपटक विभिन्न नम्बरका ६ वटा गाडी बैंकको नाममा नामसारी गरेर उनीहरुले ऋण लिएको अनुसन्धानमा खुलेको थियो। यसरी नक्कली कागजात बनाएर ढुंगानासिहत १२ जनाको यो गिरोहले बैंकबाट पटक पटक गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा लिएर ठगी गरेका थिए। 

सवारी कर्जा बापतको मासिक किस्ता हाल्दै गरेको ढुंगानाको यो गिरोहले २०७४ सालपछि भने किस्ता हाल्नै छाड्यो। बैंकले पटक पटक ताकेता गर्दा समेत उनीहरुले किस्ता हाल्न छाडेका थिए। त्यसपछि आफ्नो नाममा रहेका भनिएका गाडी बैंकले लिलामीका लागि प्रक्रिया अघि बढाउँदा बैंक नै झस्किएको थियो। 

Ncell 2
Ncell 2

ती गाडी बैंकको नाममा नभएको यातायात कार्यालयले जानकारी दिएपछि ढुंगाना गिरोहको ठगी धन्दा पर्दाफास भएको थियो। बैंक नै ठगिएको थाहा भएपछि बैंकले उनीहरुविरुद्ध सीआईबीमा २०७५ मंसिर २१ गते उजुरी दिएको थियो।

ठगी प्रकरणमा संलग्न भएको आरोपमा त्यसबेला नारायणबहादुर, बालकृष्ण श्रेष्ठ, चेतबहादुर, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, बैंकका भ्यालुएटर नरेशमान सिंह, ब्रान्च म्यानेजर सरिनशंकर श्रेष्ठ पक्राउ परेका थिए। 

तर, ढुंगाना भने फरार हुँदै आएका थिए। ढुंगानाविरुद्ध सरकारी कागजात कीर्तेमा काठमाडौं र ललितपुर जिल्ला अदालतमा गरी १५ वटा मुद्दा दर्ता भएका थिए। १० वटा मुद्दामा ढुंगानालाई प्रत्येक मुद्दाको १ वर्षका दरले १० वर्ष र प्रत्येक मुद्दामा ७० हजार रुपैयाँका दरले जरिवानाको फैसला भएको छ। बाँकी पाँच वटा मुद्दाको भने सुनुवाइ हुनै बाँकी  छ। यसैगरी, ढुंगानाविरुद्ध बैंकिङ कसूरका १६ मुद्दा परेका छन्। बैंकिङ कसूर सम्बन्धी १६ वटा मुद्दा पनि विचाराधीन छन्।

फरार रहेका ढुंगानालाई पक्राउ गर्न २०७५ पुस ४ गते पक्राउ पूर्जी जारी भएको थियो। तर, त्यसबेला ढुंगाना भने नेपाल नै छाडेर भागिसकेका थिए। त्यसबेला उनी दुबई पुगेको सूचना सीआईबीले पाएको थियो। 

त्यसपछि भने २०७५ पुस १७ इन्टरपोलमार्फत् डिफ्युज नोटिस जारी गरेर ढुंगानाको खोजी सुरु गरिएको थियो। गत वैशाख ३१ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। 

त्यतिबेला उनी पोर्चुगल पुगिसकेका थिए। पोर्चुगलमा रेसिडेन्स परमिटका लागि आवेदन दिएको जानकारी पाएपछि उनलाई इन्टरपोलको सहयोगमा पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्