काठमाडौं- ग्लोबल आईएमई बैंकले कोरियाबाट फर्केकाहरूलाई नेपालमा व्यवसाय गर्न सहुलियत र सहज कर्जा उपलब्ध गराउने भएको छ।
यसका लागि कोरियाबाट फर्केकाहरूको साझा संस्था अंकुर नेपाल र ग्लोबल आईएमई बैंकबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे।
उक्त सम्झौताबमोजिम कोरियाबाट फर्केकाहरुलाई व्यवसाय गर्न सहुलियत र सहज कर्जा उपलब्ध गराउने, कोरियामै रहनेहरुलाई पनि कर्जा प्रदान गरिने तथा कोरियामा रहेका नेपाली कामदारका नेपालस्थित परिवार र फर्केकाहरूलाई बैंकको सहयोगमा अंकुर नेपालले वित्तीय तथा व्यावसायिक तालिम प्रदान गर्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।