काठमाडौं- वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ। कोभिड-१९ सङ्क्रमणबाट ७१ वर्षको उमेरमा बस्नेतको आज ओम अस्पतालमा निधन भएको हो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पु्र्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धानबाली अनुसन्सधान केन्द्र (ईरी) का अनुसन्धानमा संलग्न थिए।
नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको ठूलो योगदान रहेको थियो। उनका दुई छोरी र एक श्रीमती छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।