पाल्पा– माथागढी गाउँपालिकास्थित रुप्सेमा मंगलबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन्। रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु३त १९५३ नम्बरको ट्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन्। उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।