पोखरा– प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइने बताएका छन्।
आर्थिक मामिला मन्त्री गुरुङले बजेट वितरणमुखी नभएर उत्पादनमुखी हुने भन्दै पुँजीगत खर्च बढी हुनेगरी बजेट निर्माणमा लागेको जानकारी गराए।
आर्थिक वर्ष २०७५/०७६ को बजेट सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले प्रदेशमा रहेका निजी क्षेत्र र सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे।
गुरुङले आगामी आर्थिक वर्षका लागि करिब २६ अर्बको बजेटको तयारीमा जुटेको जानकारी दिए। प्रदेशको बजेट असार १ गते आउँदै छ।
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आगामी बजेटबाट दोहोरो करको अन्त्य हुनुपर्नेमा जोड दिए।
‘प्रदेशको निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्य गर्न तयार तयार छन्, त्यसका लागि कर प्रणालीलाई सरलीकृत गर्नुपर्छ’, उनले भने।
महासंघका महासचिव दामु अधिकारीले सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा दिइए पनि कर उठाउने काममा मात्र सिंहरबार स्थानीय तहमा आएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।