काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा प्राकृतिक सम्पदाको सन्तुलित सदुपयोग गरी प्रकृतिलाई न्याय गर्न आग्रह गरेकी छिन्।
मंगलबार ट्विट गर्दै भण्डारीले भनेकी छिन्– 'प्रकृतिको अमूल्य उपहार धर्ती सिँगारौं, निर्मल आकाश सुरक्षित गरौं। प्राकृतिक सम्पदाको सन्तुलित सदुपयोग गरौं, सुन्दर प्रकृतिलाई न्याय गरौं।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।