• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

सुखद् हुन नसकेको मेस्सीको बिदाइ

64x64
दीप सुवेदी मंगलबार, साउन २६, २०७८  ०६:३२
1140x725
Photo: PAU BARRENA / AFP

क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले गएको डिसेम्बरमा कीर्तिमानी छैटौंपल्ट बालोन डी’अर जिते। त्यही बेला मेस्सी आफैंले बार्सिलोना छाड्ने इच्छा व्यक्त गरेका थिए।

मेस्सीको बार्सिलोनाले अप्रिलमा ३५औं उपाधिको रुपमा स्पेनिस कप जित्यो। मेस्सीले बार्सिलोनालाई जिताएको यो अन्तिम उपाधि हो। त्यसपछि गएको ३० जुनमा बार्सिलोनासँग उनको अनुबन्ध सकिएको छ। उनी बार्सिलोनामै रहन चाहन्थे, तर ला लिगाको आर्थिक नियमका कारण १७ वर्ष बिताएको क्लब छाड्न उनी बाध्य भए।

अन्ततः ३४ वर्षे अर्जेन्टिनी फुटबलरले बार्सिलोनाबाट बिदा लिए। उनले १७ वर्षमा क्याटलान क्लबलाई सफलताको शिखरमा पुर्‍याए। तर, अहिले बार्सिलोना ऋणको बोझमा यति धेरै पुरिएको छ कि उनै मेस्सीलाई टिममा राखिरहन सकेन।

बार्सिलोनाले गत बिहीबार विज्ञप्ति जारी गर्दै मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दियो। कुनै बेला युरोपकै सबैभन्दा धनी क्लब बार्सिलोनाले ला लिगाको आर्थिक र संरचनागत अवरोधले मेस्सीसँग नयाँ सम्झौता हुन नसकेको जनाएको थियो। ‘अब मेस्सी बार्सिलोनामा रहने छैनन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी र क्लब दुवैको सम्झौता गर्ने मनसाय रहे पनि सफल हुन सकेन।’

यो पनि पढ्नुहोस्

बार्सिलोनासँग मेसीको यात्रा समाप्त !शुक्रबार, साउन २२, २०७८

कोरोना महामारीपछि बार्सिलोनाले आर्थिक भार कम गर्न खेलाडीको पारिश्रमिक कटौती गरेको थियो। इङ्ल्यान्डको लगानीकर्ता सीभीसी क्यापिटल पाट्नर्सले ला लिगामा ३.२ बिलियन डलरको ऋण दिने घोषणा गरेको थियो। ला लिगाले यो रकमको ठूलो हिस्सा अर्थात् करिब ३३१ मिलियन डलर क्लबहरुलाई वितरण गर्ने जनाएपछि मेस्सी बार्सिलोनामै रहने आकलन गरिएको थियो। 

यो रकम ४० वर्षको लागि ‘सफ्ट लोन’को रुपमा क्लबहरुलाई दिन लागिएको थियो। क्लबहरुले यो रकमको ७० प्रतिशत पूर्वाधारमा, १५ प्रतिशत ऋण तिर्न र १५ प्रतिशत पारिश्रमिक सीमा बढाउन प्रयोग गर्नुपर्ने सर्त थियो। अपेक्षाअनुसार काम भएको भए मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहन्थे।

‘गत सिजन म आफैं क्लब छाड्न चाहन्थेँ, तर त्यो सम्भव भएन। यसपटक हामी सबैले नयाँ सम्झौतामा सहमति जनाएका थियौं। तर, हामीसँग ट्रान्सफर विन्डोको अन्त्यसम्म रहेर प्रतीक्षा गर्ने अवस्था छैन। क्लब निकै ऋणमा छ, म त्यसको बोझ बन्न चाहन्नँ,’ मेस्सीले भनेका छन्। बार्सिलोनाले मेस्सीको पारिश्रमिक ५० प्रतिशतले घटाउँदा पनि ला लिगाले तोकेभन्दा ११० प्रतिशत बढी हुने भएपछि उनीसँग सम्झौता हुन नसकेको हो।

अर्जेन्टिनाको गाउँबाट स्पेनसम्मको यात्रा
मेस्सी २४ जुन १९८७ मा अर्जेन्टिनाको आर्थिक रूपले पिछडिएको क्षेत्र ग्रान्डोलीमा जन्मिएका हुन्। उनी १३ वर्षको उमेरमै बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए। १७ वर्षको उमेरमा व्यवसायिक रुपमा बार्सिलोनासँग अनुबन्ध भए। त्यसपछि उनी बार्सिलोनाका हरेक उपलब्धिका सारथी भए। एक समय बार्सिलोनामा मेस्सी, लुइस स्वारेज र नेयमारको ‘ट्रियो’ थियो, जसलाई ‘एमएसएन’ भनिन्थ्यो। त्यतिबेला बार्सिलोनाले एकै सिजन तीन उपाधि च्यम्पियन्स लिग, ला लिगा र घरेलु कप जितेको थियो। त्यो समयको बार्सिलोनालाई हराउन सक्ने विश्वमा सायदै कुनै क्लब थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

पीएसजीमा मेसीको ‘इन्ट्री’ भए एम्बाप्पेको भविष्य के होला?सोमबार, साउन २५, २०७८

नेयमार सन् २०१७ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) गए। स्वारेज गएको सिजनको सुरुमै एट्लेटिको मड्रिड पुगे। त्यसपछि मेस्सी मात्र बाँकी थिए।

सन् २०१८–१९ को सिजन बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिरभपुलसँग निकै नमीठो हार बेहोर्‍यो। बार्सिलोनाले पहिलो लेगमा बनाएको तीन गोलको अग्रता जोगाउन सकेन, जसमा दुई गोल मेस्सीले गरेका थिए । ‘बार्सिलोनाबाट अर्को च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा हुन सकेन। मलाई लिभरपुलसँगको सेमिफाइनल र बायर्न म्युनिखसँगको खेल याद आउँछ। अहिले सम्झँदा दुःख लाग्छ,’ मेस्सीले भनेका छन्।

लगत्तै अर्को सिजनको च्याम्पियन्स लिग क्वाटरफाइनलमा बार्सिलोना जर्मन क्लब बायर्नसँग ८–२ ले पराजित भएको थियो। एकै खेलमा बार्सिलोनाले ८ गोल खाएको यो सन् १९४६ यता पहिलोपल्ट थियो। त्यतिबेला स्पेनिस कपमा बार्सिलोना सेभियासँग पनि ८–० ले पराजित भएको थियो। 

यो पनि पढ्नुहोस्

एमबाप्पेलाई समेत राख्नेगरी मेसीलाई भित्र्याउने पीएसजीको तयारीशुक्रबार, साउन २२, २०७८

सन् २००७ यता बार्सिलोना त्यो सिजन पहिलोपल्ट उपाधिविहीन बनेको थियो। त्यसपछि मेस्सीले क्लब छाड्ने प्रस्ताव लगेका थिए। यता, फ्रान्सेली क्लब पीएसजीसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीले मेस्सीलाई अनुबन्ध गर्न इच्छा जाहेर गरेका थिए। सिटीले त अघिल्लो सिजन नै मेस्सीलाई अनुबन्ध गर्नका लागि बार्सिलोनासमक्ष गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियासहित ८९.५ मिलियन युरो दिने अफर गरेको थियो।

यद्यपि, बार्सिलोनाले मेस्सीको ‘रिलिज क्लज’ ७०० मिलिय युरो तोकेको थियो। तर, त्यति रकम तिरे पनि बार्सिलोनाको अनुमति बेगर मेस्सीले क्लब छाड्न पाउने थिएनन्। त्यसैले उनी एक सिजन बार्सिलोनामै बस्न बाध्य भए।

मेस्सीले बार्सिलोनाका लागि जम्मा ६७२ गोल गरे। ला लिगामा मात्र उनले ४७४ गोल गरे। सन् २०१२ को सिजन उनले सबैभन्दा बढी ५० गोल गरेका थिए। यो सिजन उनले जम्मा ३० गोल मात्र गर्न सके। अघिल्लो सिजन पनि उनले ३१ गोल मात्र गरेका थिए।

पारिश्रमिक वार्षिक करिब ४० मिलियन डलर!
अहिले उनी विश्व फुटबल बजारमा खुला रुपमा उपलब्ध छन्। तर, उनी त्यस्ता खेलाडी हुन्, जसको पारिश्रमिक केही क्लबले मात्र बेहोर्न सक्छ। यसमा सबैभन्दा अगाडि म्यानचेस्टर सिटी नै थियो। यो क्लबमा बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला पनि छन्। ग्वार्डिओलाले बार्सिलोनामा २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए। मेस्सी ग्वार्डिओलाका प्रिय खेलाडी पनि हुन्।

ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा नै क्लब र मेस्सीले लगातार सफलता चुमेका थिए। बार्सिलोनाले २००८/०९ को सिजनमा कोपा डेल रे, ला–लिगा र च्याम्पियन्स लिग जितेको थियो। ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले चार वर्षमा कुल १४ उपाधि जितेको थियो। 

यो पनि पढ्नुहोस्

मेसी पीएसजी जानेबारे कुरा मिल्यो, औपचारिक घोषणा हुन बाँकीशनिबार, साउन २३, २०७८

तर, सिटीका प्रशिक्षक ग्वार्डिओलाले आफू मेस्सीको ठूलो फ्यान भए पनि उनलाई क्लबमा भित्र्याउन नसक्ने स्पष्ट पारेका छन्। ‘एउटा फ्यानका रुपमा मैले आफ्नो जीवनमा देखेको सबैभन्दा उत्कृष्ट खेलाडी र उनले बार्सिलोनालाई जिताएका उपाधिप्रति म विशेष धन्य छु, मेरो यात्रा म्युनिख र म्यानचेस्टरसम्म आइपुग्न उनको सहयोग रह्यो,’ ग्वार्डिओलाले भनेका छन्, ‘हामीले यस सिजन ज्याक ग्रेयसिलमा लगानी गरिसकेका छौं। हामीलाई लागेको थियो कि मेस्सी बार्सिलोनामै बस्नेछन्, त्यसैले अहिले उनी हाम्रो सोचमा छैनन्।’

गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता नहुने स्पष्ट पारेयता उनको नाम पीएसजीसँग जोडिएको छ। पीएसजीका मालिकका भाइले ट्वीट गर्दै मेस्सीसँग सहमति बनिसकेको र केहीपछि सम्झौता हुने जानकारी गराएका छन्। पीएसजीले एक वर्ष थप्न सकिने विकल्पसहित दुई वर्षको सम्झौता गर्ने जनाएको छ।

पीएसजीले मेस्सीलाई वार्षिक करिब ४० मिलियन डलर दिने प्रस्ताव गरेको बताइएको छ। उनले नेयमारले भन्दा वार्षिक ५ मिलियन डलर बढी प्राप्त गर्नेछन्। नेयमारले अहिले ३५ मिलियन डलर पाउँदै आएका छन्। आइतबार मेस्सीले बार्सिलोनामा पत्रकार सम्मेलन गरेर पीएसजीसँग छलफल भइरहेको तर, सहमति नभइसकेको बताएका थिए। मेस्सीले आफूलाई अन्य क्लबहरुबाट पनि प्रस्ताव आएको खुलाएका छन्।

यो पनि पढ्नुहोस्

बार्सिलोनामा मेसीको महत्त्वपूर्ण १० क्षणशनिबार, साउन २३, २०७८

तर, फ्रेन्च मिडियाहरुले भने मेस्सी मंगलबारसम्म मेडिकलको लागि पेरिस पुग्ने उल्लेख गरेका छन्। मेस्सीको आबद्धताको औपचारिक घोषणा गर्न पिएसजीले पेरिसको आइफेल टावरसमेत बुक गरिसकेको मिडियाहरुले जनाएका छन्।

तर, पीएसजीसँग सम्झौताको नजिक पुगेका मेस्सीलाई रोक्न बार्सिलोनाले अहिले पनि प्रयास गरिरहेको स्पेनिस मिडिया मार्काले सार्वजनिक गरेको छ। एक रिपोर्टका अनुसार पीएसजीले मेस्सीलाई भित्र्याउने कदमविरुद्ध युरोपियन कमिशनमा बार्सिलोनाले उजुरी गरेको छ। आफूले ‘फाइनान्सियल फेयर प्ले’ कै कारण मेस्सीलाई गुमाएको भन्दै बार्सिलोनाले युरोपियन कमिशनको कोर्ट अफ अपिलमा आफ्नोभन्दा पीएसजीको ‘फाइनान्सियल फेयर प्ले’ कमजोर भएको दाबी पेश गरेको छ। 

२०१९/२० मा पीएसजीले आफ्नो कमाइको ९९ प्रतिशत पारिश्रमिकमा खर्च गरेको, तर बार्सिलोनाले केबल आफ्नो कमाइको ५४ प्रतिशत मात्र खर्च गरेको उल्लेख गरिएको छ। बार्सिलोनाले मेस्सी र पीएसजीको सम्झौता हुनु अघि नै यस विषयको निर्णय हुनुपर्ने माग राखेको छ। पीएसजीले यस वर्ष मात्र सर्जियो रामोस, अचराफ हाकिमी, जर्जिनियो विज्नाल्डम जस्ता खेलाडी किनेको छ।

खासमा बार्सिलोनाले मेसीलाई असाध्यै धेरै तलब मात्र दिइरहेको थिएन, उनको नाम बेचेर पैसा पनि कमाइरहेको थियो। पछिल्ला चार सिजन मेस्सीले बार्सिलोनाबाट ३८ करोड युरो बुझेका थिए। तर, यही समय बार्सिलोनाले उनकै नाममा ६१ करोड युरो कमाएको थियो। बार्सिलोनाको नाफाको ३० प्रतिशतका लागि उनी नै जिम्मेवार मानिन्छ। 

यो पनि पढ्नुहोस्

मेसीले भावुक हुँदै भने– क्लब निकै ऋणमा छ, म त्यसको बोझ बन्न चाहन्नँआइतबार, साउन २४, २०७८

मेस्सीले १० स्पेनी ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग, तीन क्लब वर्ल्डकप, ६ स्पेनिस कप जितेका छन्। उनले ला लिगामा सर्वाधिक गोल र सर्वाधिक ह्याट्रिक पनि गरेका छन्।

कस्तो होला अब बार्सिलोना?
बार्सिलोनाका भेट्रान खेलाडी जेरार्ड पिके मेस्सीले छाडेपछि क्लब पहिले जस्तो बलियो नहुने बताउँछन्। मेस्सीको अनुपस्थितिले टोलीलाई असर गर्ने र धेरै खेलाडी यसबाट प्रभावित हुने उनको भनाइ छ। ‘हामीले एउटा महत्वपूर्ण खेलाडी गुमाएका छौं। जो धेरै गोल गर्नुका साथै गोलका थुप्रै अवसरहरू सिर्जना गर्थे। यसले टीमलाई प्रभावित पारेको छ। विशेष गरेर जसले लामो समय उनीसँग ड्रेसिङरुम सेयर गरे उनीहरु प्रभावित हुनेछन्,’ उनले भनेका छन्।

यो पनि पढ्नुहोस्

मेसीबिना नयाँ सिजनमा राम्रो गर्नेछौं : कोम्यानसोमबार, साउन २५, २०७८

मेस्सीले बार्सिलोनाका लागि १७ सिजन खेल्दा औसतमा ४० गोल गर्दै आएका छन्। त्यसैले बार्सिलोनाका लागि सबैभन्दा ठूलो चुनौती मेस्सीको अनुपस्थिति खड्कन नदिनु नै हो। बार्सिलोनाले यस सिजन सिटीबाट फरवार्ड सर्जियो अगुएरो भित्र्याएको छ। अगुएरो मेस्सीसँग अर्जेन्टिनाबाट उमेर समूहदेखि नै सँगै खेल्दै आएका छन्। यसपटक अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि दुवै जना टिममा थिए।

त्यस्तै, बार्सिलोनाले नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपाएलाई भित्राएको छ। बार्सिलोनासँग फरवार्ड एन्टोनी ग्रिजम्यान पनि छन्। यी तीन खेलाडीले बार्सिलोनाको अग्रपंक्ति सम्हाल्ने छन। त्यस्तै, अग्रपंक्तिमा बार्सिलोनाका युवा खेलाडीद्वय उस्मान डेम्बेले र  अन्सु फाती पनि छन्।

यद्यपि, उनीहरुबाट मेस्सीझैं प्रदर्शनको आशा गर्नु न्यायोचित हुनेछैन। जस्तो ग्रिजम्यानले दुई वर्षमा सबै प्रतियोगितामा बार्सिलोनाका लागि ३५ गोल गरेका छन्। यो मेस्सीको एकै सिजनको औसत गोलभन्दा पनि कम हो।

बार्सिलोनालाई मेस्सीको अभावमा फेरि नयाँ पुस्तालाई ‘इन्ट्री’ गराउने मौका मिलेको छ। ‘खेलाडी आउने जाने क्रम जारी रहन्छ। अहिले पनि क्लबमा राम्रा खेलाडी छन्। अन्य खेलाडी पनि भविष्यमा आउने छन्। आउने दिनमा क्लब सफल हुनेछ भन्ने मलाई विश्वास छ,’ मेस्सीले भनेका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्