बाजुरा- बाजुरामा आज भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ७ बजेर १९ मिनेटमा बाजुरा र हुम्लाको सिमानास्थित जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए।
यसअघि दोलखामा जेठ १८ गते ४ दशमलव ३ रिक्टर स्केलको भूकम्प भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।