वालिङ– स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो।
स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु३२प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु३५प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुई मोटरसाइकलमा ५ जना सवार थिए।
घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन्। घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।