महेन्द्रनगर– धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहका छोराहरु २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ।
सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला उनीहरुलाई करेन्ट लागेको थियो। करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।