पोखरा– कास्कीमा सोमबार ल्यापटप तथा नगद चोरी गर्ने एक जना पक्राउ परेका छन्।
अन्नपूर्ण गाउँपालिका–२ घर भई हाल पोखरा लेखनाथ महानगर पालिका–२, बाग्लुङ बसपार्क बस्ने २८ वर्षीय अनिश श्रेष्ठलाई प्रहरी उपरीक्षक ओमबहादुर रानाको टोलीले चोरी गरेको डेढ घन्टामै पक्राउ गरेको प्रहरीले जनाएको छ।
श्रेष्ठले पोखरा लेखनाथ महानगरपालिका–४, गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत बालश्रम न्यूनीकरण कार्यक्रमको कार्यालयमा रहेको ल्यापटप तथा नगद चोरी गरेका थिए। प्रहरीले श्रेष्ठलाई उनकै डेराबाट पक्राउ गरेको सहायक प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए।
श्रेष्ठले लेनेभो ल्यापटप २ वटा, एचपी ल्यापटप २ वटा, मोबाइल २ वटा र ल्यापटप चार्जर ३ वटा चोरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।