• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

हेलम्बु-मेलम्ची बाढी : २२ वर्ष र ३५ अर्ब खर्च भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्योलमा

64x64
दुर्गा दुलाल मंगलबार, साउन १९, २०७८  ०८:३३
1140x725

काठमाडौं- असार १ गते भर्खर मनसुन सुरू भएको थियो। त्यही दिन सिन्धुपाल्चोकको हेलम्बु-मेलम्चीमा ठूलो बाढी आयो। हालसम्म पनि मुलस्रोत पहिल्याउन नसकिएको उक्त बाढी फेरि दोस्रोपटक साउन १७ गतेदेखि निरन्तर आइरहेको छ। यसरी लेदोसहितको बाढीले हेलम्बुका धेरै क्षेत्र र मेलम्ची बजारलगायत धेरै क्षेत्रमा क्षति पुर्‍याएको छ।

यही बाढीले मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यकावासीको प्यास मेटाउने करिब २२ वर्षदेखिको लक्ष्यमा धक्का पुर्‍याएको छ। उपत्यकावासीले वषौंदेखि प्रतीक्षा गरिरहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई बाढीले पुन: अन्योलमा धकेलेको हो। असार १ र त्यसपछि आएको बाढीले आयोजनाको 'हेडवर्क्स' क्षेत्रलाई तहसनहस पार्नुका साथै मुहान नै पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

यसरी बाढी आउनुको कारण हेलम्बुभन्दा माथिल्लो भेग भ्रेमाथाङको समथर क्षेत्र भास्सिनु रहेको प्रारम्भिक अनुमान विज्ञहरूले गरेका छन्। करिब दुई किलोमिटरमा फैलिएको यो क्षेत्रमा वर्षौंदेखि जम्मा भएको थेग्रिन अहिले जुन रूपमा बग्‍न सुरू गरेको छ, त्यसले आयोजना खोल्ने सम्भावना लगभग समाप्त गरेको तर्क गर्न थालिएको छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञहरूको टोलीले स्थलगत अध्ययनपछि आइतबार साँझ प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनमा आयोजनाको विकल्प खोज्‍न सुझाइएको छ। प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले मेलम्ची खानेपानीको भविष्य अन्योलमा रहेको बताए। हिमनदीले जम्मा गरेको थेग्रिनका कारण लेदो कालान्तरसम्म झरिराख्‍ने हुँदा त्यो नसकिएसम्म आयोजना चलाउन नसकिने उनले बताए। 

‘यो कहिलेसम्म झरिरहन्छ भन्‍ने यकिन छैन। भ्रेमाथाङको भिडियो, गुगल इमेज र खोलामा पाइएको लेदोको अध्ययन गर्दा यो निरन्तर झरिराख्‍ने देखिएको छ,’ उनले भने, ‘आयोजना अहिले बन्द छ तर, यसलाई खुलाउन सकिँदैन। पानीको स्रोत नै अर्को खोज्‍नुपर्ने हो कि भन्‍ने देखिएको छ।’
 
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भ्रेमाथाङको चौर निकै ठूलो भएकाले यसले तल्लो क्षेत्रलाई धेरै लामोसम्म दु:ख दिने बताए। यहाँको हिमनदीबाट जम्मा भएको माटोमा चुन मिसिएको देखिएकाले थोरै पानी पर्दासमेत घुलेर लेदो बग्‍ने गरेकाले आयोजनालाई समेत यसले प्रभावित पार्ने उनको भनाइ छ। पोखरेलले करिब छ महिना लगाएर स्थलगत अध्ययन नगरेसम्म निष्कर्षमा पुग्‍न नसकिने बताए।

के भन्छ आयोजना?
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछि आयोजनाको विस्तृत अध्ययन नभएकाले आयोजना सञ्चालन हुन्छ वा हुँदैन भन्‍ने शैलीमा उत्तर दिन नसकिने अवस्था रहेको बताए। असार १ गते र त्यसपछि आएको बाढीका कारण आयोजनाको ‘हेडवर्क्स’मा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचनाहरू सबै बगाएको जानकारी रहेको उनले बताए। 

प्रवक्ता पन्तले हेडवर्क्स अझै डुबिरहेकाले त्यसमा कति क्षति भयो र त्यसको निर्माणका लागि कति समय र स्रोत आवश्यक पर्छ भन्‍ने सरकारी निकायबाट अध्ययन सुरू भएकाले त्यसको अन्तिम नतिजा आएपछि मात्र भन्‍न सकिने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

हाल आयोजना क्षेत्र सम्पर्कबाहिर रहेको उनले बताए। ‘चनौटेको रातोपुलसमेत साउन १७ गतेको बाढीले बगाएपछि उक्त क्षेत्रसँग अहिले सम्पर्क छैन,’ प्रवक्ता पन्तले भने, ‘हेडवर्क्समा पुग्‍न पार गर्नुपर्ने चारवटा पुल र लगभग आधा सडक बाढीले बगाएको छ।’ 

स्थलगत भ्रमणमा जान नसकिएकाले अहिले क्षतिको प्रारम्भिक अनुमान मात्रै गर्न सकिएको उनले बताए। २२ वर्ष समय र ३५ अर्ब रूपैयाँ खर्च भएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य लगभग सम्पन्‍न हुनलाग्दा बाढीको बितण्डामा परेको हो। आयोजनामा क्षतिको विस्तृत अध्ययन नभइकन कुनै टिप्पणी गर्न नसकिने उनको भनाइ छ। सुरुङ बन्द गरिएकाले क्षति अझ कम भएको उनले बताए। 

‘अम्बाथानको सुरुङ पनि बालुवाले भरिएको जानकारी छ र वैकल्पिक पथान्तरण प्रणालीअन्तर्गतको सुरुङ पनि बालुवाले भरिएको छ,’ उनले भने, ‘थप आएको बाढीले सुरुङभित्र असर गर्न नसके पनि बाहिर क्षति गरेको छ।’ 

दोस्रो चरणको आयोजनाहरू याङ्‍ग्री र लार्के के हुन्छ?
प्रवक्ता पन्तका अनुसार बाढी नआएको भए पहिलो चरणको आयोजनाबाट अहिले काठमाडौंमा लगातार पानी वितरण सुरू हुने अवस्था हुन्थ्यो। असार १ र त्यसपछिको बाढीले दोस्रो आयोजना के हुने अन्योल भएको उनले बताए।

दोस्रो चरणको याङ्‍ग्री र लार्के इन्द्रावतीको जलाधार क्षेत्रमा पर्छ। त्यस क्षेत्रको अध्ययनमा जान नसकिने अवस्था भएकाले भविष्य के होला भन्‍ने बताउन नसकिने अवस्था रहेको उनले बताए।

पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना थियो। उक्त परिमाण अपुग हुने भएकाले दोस्रो चरणमा मेलम्ची आयोजनामा याङ्‍ग्री र लार्के खोलाबाट समेत पानी ल्याएर मिसाउने योजना अघि बढाइएको थियो। तर, हेलम्बु-मेलम्ची बाढीले समग्र आयोजनाकै भविष्य के हुने भन्‍ने अन्योल सिर्जना गरेको छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने पहिलो चरणको आयोजना पूरा भइसकेको छ। त्यसमा याङ्‍ग्री र लार्केबाट थप १७/१७ करोड लिटर जोडेर दैनिक कूल ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना थियो।

लार्केबाट याङ्‍ग्रीमा पानी खसाउन दुई किलोमिटर लामो र याङ्‍ग्रीबाट मेलम्चीमा पानी खसाउन झन्डै ९.५ किलोमिटर लामो अर्को सुरुङ बनाउने भनिएको थियो। तर, यो भन्दा माथि भ्रेमाथाङमा ठूलो पहिरो भएकाले यो आयोजना निर्माणको योजना असफल हुने देखिएको छ। उक्त कार्यका लागि थप २५ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको थियो। पहुँच सडक निर्माण, याङ्‍ग्री खोलाको आयोजना निर्माणस्थलसम्मको पहुँचमार्ग निर्माणाधीन, सडक निर्माणपश्चात् सुरुङ तथा हेडवर्क्सको ठेक्का लगाउने प्रक्रिया सुरु गर्ने तयारीमा आयोजना रहेको थियो।

गृह मन्त्रालय र प्राधिकरणको अध्ययनपछि आयोजनाको बारेमा पनि अलग्गै अध्ययन सुरू गर्ने तयारी सरकारले अघि बढाएको छ। आयोजनाको अवस्था, सञ्चालनको सम्भाव्यता आदिको निष्कर्षमा पुग्‍नका लागि भ्रेमाथाङको पहिरोबारे निर्णयमा पुग्‍नुपर्ने भएकाले सरकारले मौसम सुधार भएपछि उक्त क्षेत्रको अध्ययनमा विज्ञ टोली पठाउने तयारी गरेको छ। केही समयअघि गएको प्राधिकरण र पुल्चोक क्याम्पसको टोली मेलम्ची घ्याङबाट फर्केकाले माथि नै जाने तयारीका साथ मौसमअनुकूलको समयको पर्खाइमा सरकारी अध्ययन टोली रहेको छ। अहिले पहिरो गइरहेको र मौसमसमेत राम्रो नभएकाले यसमा सुधार आउनेबित्तिकै सरकारले दोलालघाटदेखि हेलम्बुको भ्रेमाथाङसम्म विस्तृत अध्ययन गर्ने तयारी गरेको छ। उक्त टोलीले खानेपानी आयोजनाको भविष्यबारे पनि अध्ययन गर्दै सरकारलाई सुझाव दिनेछ। उक्त सुझावका आधारमा आयोजनाको बारेमा निर्णय लिइने प्रवक्ता पन्तले बताए।

वि.सं. २०२९ सालमा काठमाडौ उपत्यकामा खानेपानी आपूर्तिका लागि सम्भावित स्रोतको खोजी भएको थियो। २०४१ सालमा मेलम्चीसहित २२ विकल्प पहिचान गरिँदा २०४९ मा याङ्‍ग्री र लार्केसमेत मिसाएर दैनिक कूल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर गर्दै अघि बढाउने निर्णय भएको थियो। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरी अगाडि बढाइएको आयोजनाबाट परीक्षणको रूपमा गत चैत १५ गते ल्याइएको पानी उपत्यकावासीको घरघरमा वितरण गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० मा भृकुटीमण्डपस्थित धारा खोलेर आयोजनाको उद्घाटन गरेकी थिइन्। 

मेलम्चीबाट ल्याइएको खानेपानी घरघरमा वितरणको उद्‍घाटन गर्दै राष्ट्रपति भण्डारी।

लामो प्रतीक्षापछि मेलम्चीको पानी घरको धारामा आउँदा दंग परेका उपत्यकावासीले अब निरन्तर पानी उपभोग गर्न पाउने आशा राखेका थिए। तर, हेलम्बु-मेलम्चीको बाढीले उनीहरूको आशालाई निराशामा परिणत गरिदिने सम्भावना देखिएको छ। यद्यपि, विस्तृत अध्ययन नभएसम्म यसै भन्‍न नसकिने आयोजनाका प्रवक्ता पन्त बताउँछन्। अहिले आएको बाढी अकल्पनीय र सोचाइभन्दा बाहिरको भएकाले यसमा आयोजना सुरू हुँदा कुनै अध्ययन नभएको उनले बताए।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्