• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारी अध्ययन टोलीको निष्कर्ष– मेलम्चीको पहिरो तत्काल रोकिँदैन

64x64
नेपाल लाइभ आइतबार, साउन १७, २०७८  १९:४४
1140x725

काठमाडौं– सरकारी अध्ययन टोलीले सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रको पहिरो तत्काल नरोकिने निष्कर्ष निकालेको छ। 

शनिबार राति मेलम्ची नदीमा आएको बाढीले केही घर र पुल समेत बगाएपछि आइतबार गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसहितबाट विज्ञहरुको टोली अनुगमनका लागि गएको थियो। 

हेलिकोप्टरमार्फत मेलम्ची नदीको मुहान (जलाधार) क्षेत्रमा पुगेर अनुगमन गरेर फर्किएको सरकारी विज्ञहरुको टोलीले हेलम्बु–मेलम्ची क्षेत्रको पहिरो तत्काल नरोकिने निष्कर्ष निकालेको हो।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सहितको भूगर्भविद् र जलस्रोतविज्ञको टोली सिन्धुपाल्चोकको बाढी उद्गमस्थल भनिएको हेलम्बु गाउँपालिकामा अध्ययनका लागि गएको थियो।  

पहिरोको अध्ययनका लागि भन्दै सरकारी टोली मेलम्चीको मुहान क्षेत्रभन्दा केही तल पर्ने नाकोटोमाथि मेलम्ची ध्याङसम्म पुगेको थियो। मौसमका कारण मुख्य स्रोतमा पुग्न नसकेको टोलीले बाढी प्रभावित क्षेत्रको अध्ययन गरेर प्रारम्भिक निष्कर्ष सुनाएको हो। 

वाढीग्रस्त क्षेत्र अनुगमन गरेर फर्केपछि सरकार टोलीले हेलम्बुदेखि दोललघाटसम्म जोखिम रहेको निष्कर्ष निकालेको छ। प्राधिकरणको टोलीले ६० दिनसम्म यसको अध्ययन जारी रहने जनाएको छ।  

टोलीमा गृह मन्त्रालय, प्रधिकरण, त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा प्राध्यापक, प्रदेश सांसद , खानी तथा भूगर्व विभाग समेतको टोलीले आफ्नो अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको थियो। मेलम्ची घ्याङबाट ४ दिन लगातार हिडेर उक्त क्षेत्रमा पुग्न सकिने र यसलाई भुकम्पले थिलथिलो पार्नु मुख्य कारण देखिएको प्राधिकरणले जनाएको छ। 

गत असार १ गते आएको बाढीले मेलम्ची नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुगेपछि गृह मन्त्रालयले अध्ययन टोली बनाएको थियो। मेलम्ची नदीको मूख्य स्रोत (मुहान क्षेत्र)सम्म हेलिकोप्टर पुग्न नसकेपछि मन्त्रालयको अध्ययन टोलीले मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म पुगेर अध्ययन गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

हेलम्बु–मेलम्ची क्षेत्रको बाढीबारे विज्ञहरुको भनाइ–

अनिल पोखरेल, सीईओ विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण 
फर्केर हेर्दा हिमालय क्षेत्रले यति ठूलो 'डेब्री फ्लो' बेहोरेको थिएन। यसले ठूलो धनजनको क्षति भएको छ। हेलम्बुदेखि दोलालघाटसम्मको अध्ययन सुरु भएको छ। यो स्थान एयरपोर्ट जत्रो छ। हिजो (शनिबार) रातीबाट पानी परेर बग्न थालेको र चनौटेको रातो पुल बगाएको देखिन्छ। 
अहिलेसम्म कति ल्यायो भन्ने यकिन भन्न सकिने अवस्था छैन। ठुलोमात्रामा त्यहाँ जम्मा भएको पहिरो (लेदो) झर्ने क्रम भने सुरु भएको छ। मेलम्ची वढ्ने क्रम चलिरहेको छ। 

डा विष्णु पाण्डे, प्राध्यापक पुल्चोक क्याम्पस 
अहिले पानीको मापन गर्ने यन्त्र नहुँदा यकिन तथ्याङ्क  छैन। ‘क्लाउड बस्ट’हैन भन्ने निष्कर्षमा हामी पुगेका छौं। एकै ठाउँमा पानी परेको हैन भन्ने नाकोतोको मापनबाट भन्न सकिन्छ। 

धेरै पानी परेको छ, तर यो नै हो भन्न सकिँदैन। इसिमोडले गरेको अध्ययनको रिपोर्ट हेर्दा चारवटा हिमताल छन्। हिमताल फुटेको हो कि भन्ने अनुमान पनि गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ल्याण्डस्लाइड’ हो कि भन्नेमा पनि शंका छ। पानीले मात्रा यत्रो ठूलो लेदो ल्याएको हैन भन्ने देखिन्छ। पानी खोलासम्मको ‘स्लोप’का कारण धेरै उर्जा उत्पन भएर धेरै कारणले प्रभाव परेर बाढीले यो विनास गरेको देखिन्छ। 

डा वसन्तराज अधिकारी पुल्चोक क्याम्पस 
हिमालय पर्वत श्रृंखलामा हेर्दा सामान्यतया जहाँ हिउँ जमेर ताल बसेको हुन्छ, त्यसको मुनि बस्ती रहेको ठाउँ हुन्छ। धेरै ठाउँमा पुराना पहिरोको अवशेष भेटिन्छ। यो पुनर्ताजगी भएर आएको देखिन्छ। माथिको समथर क्षेत्रमा धेरै पहिला पहिरो गएको हुनसक्ने देखिन्छ। अहिले त्यहाँ माटो र भिरालो जमिन देखिन्छ। त्यहीँ भएको माटोलाई पानीले खोल्ने क्रम सुरु भएको छ। यसले छेउमा काटेर आएको देखिन्छ। 

पानीको सहत बढिरहेको छ। यसलाई दुई प्रकारले बुझ्न जरुरी छ। पहिलो माथिल्लो तहबाट आएको पानी तलसम्म आउँदा धेरै उर्जा भएर आएको देखिन्छ। दोस्रो उक्त क्षेत्रबाट धेरै पानी आउँदा त्यसले वरिपरि (किनार) क्षेत्रलाई पनि प्रभाव पारेको देखिन्छ। 

शिवकुमार बास्कोटा, खानी तथा भूगर्भ विभाग 
पहिला उक्त क्षेत्रमा ठूला हिमताल रहेको र यो विस्तारै सुक्दै गएको तस्वीरबाट देखिन्छ। हिमनदीले ल्याएका सामाग्रीहरु त्यहाँ थुप्रेको देखिन्छ। २०० मिटर उचाइ र २ किलोमिटरसम्मको चौडाइ देखिन्छ। योनै अहिलेको भ्रेमाथाङ हो। केही समय पहिरो गएर थुनिएको हुनसक्छ। 

टारमा पहिरो गएर थुनिएरपछि एकैपटक बगेको पनि हुनसक्छ।  यो ठाडो भएकाले यसको शक्ति हुन्छ। नदी किनारामा कटान पनि यही रुपमा भएको छ। चनौटमा आइपुग्दा मेलम्ची नदी २ डिग्रीमा आएको छ। यो धेरै बग्न नसकेका कारण लेदो थुप्रिँदै गएको देखिन्छ। इन्द्रावती नदी पनि ठूलो आउँदा मेलम्ची रोकिएको थियो। जसका कारण बजारमा क्षती पुग्यो। 

राजेन्द्र शर्मा, हाइड्रोलोजिस्ट‍, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण 
अब  के गर्ने भन्ने कुरा आएको छ। पहिलो कुरा ज्यान र त्यहाँको संरचना जोगाउने हो। त्यहाँ केही थान जाली लगाइएको छ। तर, त्यसले थेग्नसक्ने देखिँदैन। भत्केका घर र बाटोहरु पुनःनिर्माण गर्नुपर्ने अवस्था छ। 

बेलाबेला अझै पनि लेदो आइरहेको छ। यो कहिलेसम्म बग्ने हो विस्तृत अध्ययन जरुरी छ। त्यहाँ झरेर क्याम्प खडा गरेर अध्ययन गर्नुपर्ने देखिन्छ। बस्ती त्यही ठाउँमा बसाउने कि हटाउने भन्नेमा अध्ययन गरेर सुझाव दिन जरुरी छ। 

मेलम्ची खानेपानीको भविष्य के हुने? यो कालान्तरमा पनि झरि राख्ने देखिएको छ। यो नसकिएसम्म झरिरहन्छ र कहिलेसम्म भन्ने यकिन छैन। यसलाई खुलाउन सकिँदैन। पानीको स्रोत नै अर्को खोज्नुपर्ने हो कि भन्ने देखिएको छ। 

निमा लामा, प्रदेश सांसद हेलम्बु 
लेदो सहितको बाढी भ्रेमाथाङबाटै आएको भन्ने तथ्य पछि पत्ता लाग्यो। मनाङमा जसरी असार १ गते गयो त्यस्तै भएको थियो। हिमाली क्षेत्रमा केही गलत भइरहेको अनुमान हामीले गरेका थियौं। यसको कारण के हो भनेर पत्ता लगाउन जरुरी छ। माथिको पत्ता नलागेसम्म तलका बस्तीबारे केही निर्णय लिन सकिँदैन। अझै पनि ढुक्क हुने अवस्था छैन। मेरो अनुरोध अझै पनि कारण पत्ता लगाएर पूर्वाधार र बस्तीका काम गर्न जरुरी छ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्