काठमाडौं– बिपी राजमार्गमा ठूला बसलाई रुट परमिट नदिन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ।
यातायामन्त्री रघुवीर महासेठले व्यवसायीको दबाबमा केही दिनअघि ठूला सवारीलाई पनि रुट परमिट दिने निर्णय गरेका थिए। त्यसविरुद्ध कैलाशराज दाहालले सर्वाेच्चमा दायर गरेको रिटमा आज अन्तरिम आदेश आएको हो।
साँघुरो सडकमा ठूला सवारीलाई रट परमिट दिँदा दुर्घटनाको जोखिम भएको भन्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको फैसला नभएसम्म ठूला सवारीलाई रुट परमिट नदिने अन्तरिम आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।