काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पहिलो चरणको विद्यार्थी भर्ना अभियान सफल भएको दाबी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री पोखरेलले अझै ३ प्रतिशत बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको र उनीहरुलाई दोस्रो चरणको भर्ना अभियानमा समेट्ने बताए। ५९ हजार ७ सय ३३ बालबालिका अझै विद्यालय बाहिर रहेको जानकारी दिँदै उनीहरुलाई समेट्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे।
शिक्षामन्त्री पोखरेलले पहिलो चरणको भर्ना अभियानमा ५ देखि ९ वर्षसम्मका ८८ हजार २ सय ६ जनामध्ये ७६ हजार २ सय र ५ देखि १२ वर्ष उमेरसमूहका ३ लाख १३ हजारमध्ये २ लाख ५३ हजार ५ सय ५६ विद्यालय भर्ना भएका आएको सदनलाई जानकारी गराए।
दोस्रो चरणको भर्ना अभियानका लागि ‘मेरो बच्चाको भर्ना, मेरो सामाजिक दायित्व’ नारा दिइएको छ।
विगतको भर्ना अभियानको निरन्तरताले मात्र विद्यार्थी आउने नदेखिएपछि मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको शिक्षामन्त्रीले बताए। उनले ३ महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउनुपर्ने चुनौती रहेको समेत उल्लेख गरे।
पहिलो चरणको भर्ना अभियानमा कुन प्रदेशमा कति बालबालिका विद्यालय भर्ना भए, अब कति बाँकी?
प्रदेश १
३३ हजार ९ सय ९५ जना भर्ना
७ हजार ९ सय २३ जना बाँकी
प्रदेश २
१ लाख ८ सय ६४ जना भर्ना
२४ हजार ३ सय २६ जना बाँकी
प्रदेश ३
२६ हजार २ सय ७६ जना भर्ना
५ हजार ७ सय ७० जना बाँकी
प्रदेश ४
११ हजार ४ सय ४५ जना भर्ना
२ हजार ५ सय ४४ जना बाँकी
प्रदेश ५
५३ हजार ५ सय ६६ जना भर्ना
१३ हजार २ सय ४५ जना बाँकी
प्रदेश ६
१० हजार ८ सय ९२ जना भर्ना
३ हजार ५ सय ८८ जना भर्ना
प्रदेश ७
१५ हजार ९ सय ६८ जना भर्ना
२ हजार ३ सय ९७ जना बाँकी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।