पोखरा- प्रदेश नम्बर ४ को नाम ‘गण्डकी’ राख्न विश्व हिन्दु महासंघसहित आधा दर्जन संस्थाले सोमबार प्रदेशका सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
महासंघसहित क्षेत्री 8, ब्राह्मण 8, ठकुरी संगम परिवार, नेपाल दशनामी 8, रानाभाट 8ले संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेशको नाम जाति या समुदायविशेष नराखी सबैको साझा बोध हुने खालको राख्न उनीहरुले आग्रह गरे।
विभिन्न राजनीतिक दल तथा जनअभिमतका आधारमा पनि गण्डकी पक्षधर नै बढी भएकाले पनि गण्डकी नाम नै राख्नुपर्ने महासंघका अध्यक्ष शंकर खनालले बताए।
गण्डकी एउटा नदीको नाम मात्र नभएर सम्पदाकै नाम भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। गण्डकी पुराणमा पनि उल्लेख भएकाले त्यही नाम नै उपयुक्त हुने रानाभाट 8का क्षेत्रीय संयोजक चन्द्रबहादुर रानाभाटले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।