विराटनगर– सुनसरीको वराह नगरपालिका २ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर एक युवकको मृत्यु भएको छ।
वडा नम्बर ३ निवासी बमबहादुर कार्कीका छोरा १८ वर्षीय राजकुमार कार्कीको डुबेर मृत्यु भएको हो। पौडी खेल्ने क्रममा उनी नहरमा डुबेको प्रहरीले जनाएको छ।
युवकको शव नहरको बीच भागमा फेला परेरको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।