इटहरी- सुनसरी सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रस्थित हरिनगरकी एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ।
मन्दिरका पुजारीले छोरीलाई देवीदेउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोरा रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहताले ती महिलामाथि बोक्सी भन्दै कुटपिट गरेका थिए।
सुवालाल मेहताले युवालाई उक्साई महिलामाथि कुटपिट गरी गाउँ नै निकाला गर्ने तयरी गरेका थिए। तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
पीडित महिलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।