तनहुँ– बन्दीपुर गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले अनुदान प्रदान गरेको छ।
दुग्ध पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई दूधमा अनुदान दिने व्यवस्था गरेको हो।
गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको हो।
सहकारीले दैनिक करिब ७ सय लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।