• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ७, २०८२ Fri, Oct 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सईबाट इन्सपेक्टर बढुवा : आगामी १ वर्षमा रिक्त हुने दरबन्दीको ४० प्रतिशतलाई बढुवा

64x64
नारायण अधिकारी शुक्रबार, साउन ८, २०७८  १९:२४
1140x725

काठमाडौं- नेपाल प्रहरीमा दरबन्दी रिक्त रहेको करिब छ महिनापछि ९८ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी नियमावली, २०७१ संशोधनलाई कारण देखाउँदै दरबन्दी रिक्त रहेको छ महिना बित्दासमेत हुन नसकेको बढुवाको गाँठो नयाँ सरकार आएलगत्तै फुकेको हो।

रिक्त रहेका ९८ इन्स्पेक्टर पदमा बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी नियमावली अनुसार रिक्त रहेको दरबन्दीमध्ये खुल्ला प्रतिस्पर्धाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशतका दरले इन्स्पेक्टरको पदपूर्ति गरिने व्यवस्था छ। तर, यसपटक भने आगामी वर्ष (२०७९) असार मसान्तसम्म रिक्त हुने इन्सपेक्टरको दरबन्दीलाई गणना गरेर त्यसको ४० प्रतिशतलाई आधार मान्दै रिक्त ९८ दरबन्दी आन्तरिक बढुवाबाट पदपूर्ति गरिएको हो । 
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले आउँदो असार मसान्तसम्म रिक्त हुने २४४ इन्सपेक्टरको दरबन्दीको ४० प्रतिशत मानेर हाललाई ९८ जनाको बढुवा गरिएको बताए। बाँकी रिक्त पदमा नियमित भर्ना सरह भदौ, असोजमा नयाँ भर्नाका लागि विज्ञापन खोलिने प्रहरी हेडक्वाटरले जनाएको छ।

प्रहरी नियमावली २०७१ जारी हुनुभन्दा अघिसम्म खुल्ला प्रतिस्पर्धा र आन्तरिक बढुवा दुवैमा ५०/५० प्रतिशतका दरले इन्स्पेक्टरको पूर्ति गरिने प्रावधान थियो। प्रहरी नियमावली २०७१ आएसँगै खुल्ला प्रतिस्पर्धाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशतका दरले इन्स्पेक्टरको पूर्ति गरिने व्यवस्था गरिएपछि सईको बढुवामा जाम हुने गरेको छ। 

हरेक वर्ष २० प्रतिशतका दरले कम संख्यामा सईहरु इन्स्पेक्टर बन्न थालेपछि सई भएको १६/१७ वर्षसम्म बढुवा नहुने स्थिति प्रहरीमा आएको छ। बढुवाको यही जामलाई हटाउन भन्दै आगामी १ वर्षसम्म रिक्त हुने दरबन्दीलाई समेत गणना गरेर सईको बढुवा गरिएको छ। 

सई बढुवामा जाम भएपछि प्रहरी प्रधान कार्यालयले यसपटक आगमी वर्ष रिक्त हुने इन्सपेक्टरको दरबन्दीलाई समेत गणना गरेर हाल रिक्त रहेका ९८ जना नै आन्तरिक बढुवाबाट पूर्ति गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको थियो। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी हेडक्वार्टरको उक्त रायमा असहमति जनाएपछि सई बढुवा रोकिएको थियो। ओली सरकारको बर्हिगमन भएसँगै गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले हेडक्वाटरको उक्त रायमा सहमति जनाएसँगै बढुवा प्रक्रिया अघि बढेको हो। लोकसेवा आयोगसमेतको रायपछि यो पटक विशेष बढुवा गरिएको एसएसपी कुँवरले बताए।

यता प्रहरी हेडक्वाटरले सईबाट इन्स्पेक्टरमा बढुवा पेचिलो बन्ने गरेको, प्रतिस्पर्धी धेरै तर कोटा थोरै हुँदा समस्या आउने गरेको, यसले जुनियर प्रहरी अधिकृतको वृत्ति विकासमासमेत असर गरेकाले ४० प्रतिशत आन्तरिक बढुवालाई बढाएर ६० प्रतिशत पुर्‍याउनुपर्ने मागसहित नियमावली संशोधनका लागि गरेको प्रस्ताव भने अहिलेसम्म पारित भएको छैन। यसमा गृह मन्त्रालयय सकारात्मक भई प्रक्रिया भने अघि बढिसकेको छ।

 

सईपछि वरिष्ठ सई बनाउने प्रस्ताव गृहमा
एउटै पद सईमा १६/१७ सम्म रहँदा कर्मचारीको वृतिविकास नहुने, नैराश्यता आउने र यसको असर परिणाममा देखिने भन्दै यो समस्याको हल गर्न वरिष्ठ सईको पद सिर्जना गर्न लागिएको छ। हेडक्वार्टरले यो प्रस्ताव गृहमा पठाइसकेको छ। यो प्रस्ताव पारित भएमा सई र इन्स्पेक्टरको बीचमा नयाँ पद वरिष्ठ सई हुनेछ।

Ncell 2
Ncell 2

नियुक्ति हुँदादेखि पाँच वर्षसम्मकोलाई प्रथमस्तर, पाँच देखि १० वर्षसम्मकालाई द्वितीय, १० वर्षभन्दा बढी १५ वर्षसम्मलाई तृतीय, १५ वर्षभन्दा बढी २० वर्षभन्दा कमलाई चतुर्थ र २० वर्षभन्दा बढीलाई पाँचौं भनेर स्तरवृद्धि छुट्याइएको छ। सोहीअनुसार उनीहरुको तलबमानसमेत हुने प्रस्ताव गृहमा पठाइएको छ।

त्यसो त २०७३ सालमा गृहमन्त्री हुँदा जनार्दन शर्माले समेत सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सईको पद सिर्जना गरिने बताएका थिए। तर, त्यसले पछि पूर्णता पाउन सकेको थिएन। 

वरिष्ठ सईसँगै जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दारको नयाँ पद सिर्जना गर्नुपर्ने प्रस्ताव पनि गृहमा पठाइएको प्रवक्ता कुँवरले बताए।

हेडक्वार्टरको यो प्रस्ताव गृहबाट कानुन हुँदै अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रिपरिषद् पुग्नेछ। मन्त्रिपरिषद्बाट प्रहरी प्रधान कार्यालयको उक्त प्रस्ताव स्वीकृत भएर पास भएपछि प्रहरी निमायवली संशोधन हुन्छ। त्यसपछि भने जवान र इन्स्पेक्टरभन्दा मुनि तीन वटा नयाँ पदको सिर्जना हुने छन्।

योसँगै श्रेणीविहीन कर्मचारी तथा कार्यलय सहयोगीहरुको वृति विकासका लागि भन्दै हेडक्वार्टरले एउटा खाका नै बनाएर गृहमा पेस गरेको छ। जहाँ कर्मचारीको स्तरवृद्धिका लागि प्रथमस्तरदेखि पाँचौं स्तरसम्म भनेर स्तरवृद्धि छुट्याइएको छ।

नियुक्ति हुँदादेखि पाँच वर्षसम्मकोलाई प्रथमस्तर, पाँच देखि १० वर्षसम्मकालाई द्वितीय, १० वर्षभन्दा बढी १५ वर्षसम्मलाई तृतीय, १५ वर्षभन्दा बढी २० वर्षभन्दा कमलाई चतुर्थ र २० वर्षभन्दा बढीलाई पाँचौं भनेर स्तरवृद्धि छुट्याइएको छ। सोहीअनुसार उनीहरुको तलबमानसमेत हुने प्रस्ताव गृहमा पठाइएको छ।

प्रहरीमा कार्यालय सहयोगीमा भर्ना भएकाहरुको अहिलेसम्म स्तरवृद्धि हुन सकेको छैन। जसकारण प्रहरीमा श्रेणीविहीन पदमा भर्ना भएका व्यक्ति अवकाश पाउने बेलासम्म श्रेणीविहीन नै रहनुपर्ने अवस्था छ। जबकि सशस्त्र प्रहरी बल, नेपाली सेना, निजामतीमा कार्यरत श्रेणीविहीन कर्मचारीमा भने श्रेणी छुट्याएर उनीहरुको स्तरवृद्धि गरिएको छ। सोहीअनुसार तलबमान पनि वृद्धि हुने गरेको छ। तर, नेपाल प्रहरीमा भने अहिलेसम्म त्यो हुन सकेको छैन। भर्खर श्रेणीविहीन पदमा भर्ना भएका व्यक्ति र अनिवार्य अवकाश पाउन लागेका व्यक्तिको तलबमान प्रहरीमा एउटै छ।

श्रेणीविहीन कर्मचारीको पनि श्रेणी वर्गीकरण भएको अवस्थामा नेपाल प्रहरीमा कार्यरत करिब तीन हजार श्रेणीविहीन कर्मचारी लाभदायी हुने छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्