• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सईबाट इन्सपेक्टर बढुवा : आगामी १ वर्षमा रिक्त हुने दरबन्दीको ४० प्रतिशतलाई बढुवा

64x64
नारायण अधिकारी शुक्रबार, साउन ८, २०७८  १९:२४
1140x725

काठमाडौं- नेपाल प्रहरीमा दरबन्दी रिक्त रहेको करिब छ महिनापछि ९८ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी नियमावली, २०७१ संशोधनलाई कारण देखाउँदै दरबन्दी रिक्त रहेको छ महिना बित्दासमेत हुन नसकेको बढुवाको गाँठो नयाँ सरकार आएलगत्तै फुकेको हो।

रिक्त रहेका ९८ इन्स्पेक्टर पदमा बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी नियमावली अनुसार रिक्त रहेको दरबन्दीमध्ये खुल्ला प्रतिस्पर्धाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशतका दरले इन्स्पेक्टरको पदपूर्ति गरिने व्यवस्था छ। तर, यसपटक भने आगामी वर्ष (२०७९) असार मसान्तसम्म रिक्त हुने इन्सपेक्टरको दरबन्दीलाई गणना गरेर त्यसको ४० प्रतिशतलाई आधार मान्दै रिक्त ९८ दरबन्दी आन्तरिक बढुवाबाट पदपूर्ति गरिएको हो । 
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले आउँदो असार मसान्तसम्म रिक्त हुने २४४ इन्सपेक्टरको दरबन्दीको ४० प्रतिशत मानेर हाललाई ९८ जनाको बढुवा गरिएको बताए। बाँकी रिक्त पदमा नियमित भर्ना सरह भदौ, असोजमा नयाँ भर्नाका लागि विज्ञापन खोलिने प्रहरी हेडक्वाटरले जनाएको छ।

प्रहरी नियमावली २०७१ जारी हुनुभन्दा अघिसम्म खुल्ला प्रतिस्पर्धा र आन्तरिक बढुवा दुवैमा ५०/५० प्रतिशतका दरले इन्स्पेक्टरको पूर्ति गरिने प्रावधान थियो। प्रहरी नियमावली २०७१ आएसँगै खुल्ला प्रतिस्पर्धाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशतका दरले इन्स्पेक्टरको पूर्ति गरिने व्यवस्था गरिएपछि सईको बढुवामा जाम हुने गरेको छ। 

हरेक वर्ष २० प्रतिशतका दरले कम संख्यामा सईहरु इन्स्पेक्टर बन्न थालेपछि सई भएको १६/१७ वर्षसम्म बढुवा नहुने स्थिति प्रहरीमा आएको छ। बढुवाको यही जामलाई हटाउन भन्दै आगामी १ वर्षसम्म रिक्त हुने दरबन्दीलाई समेत गणना गरेर सईको बढुवा गरिएको छ। 

सई बढुवामा जाम भएपछि प्रहरी प्रधान कार्यालयले यसपटक आगमी वर्ष रिक्त हुने इन्सपेक्टरको दरबन्दीलाई समेत गणना गरेर हाल रिक्त रहेका ९८ जना नै आन्तरिक बढुवाबाट पूर्ति गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको थियो। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी हेडक्वार्टरको उक्त रायमा असहमति जनाएपछि सई बढुवा रोकिएको थियो। ओली सरकारको बर्हिगमन भएसँगै गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले हेडक्वाटरको उक्त रायमा सहमति जनाएसँगै बढुवा प्रक्रिया अघि बढेको हो। लोकसेवा आयोगसमेतको रायपछि यो पटक विशेष बढुवा गरिएको एसएसपी कुँवरले बताए।

यता प्रहरी हेडक्वाटरले सईबाट इन्स्पेक्टरमा बढुवा पेचिलो बन्ने गरेको, प्रतिस्पर्धी धेरै तर कोटा थोरै हुँदा समस्या आउने गरेको, यसले जुनियर प्रहरी अधिकृतको वृत्ति विकासमासमेत असर गरेकाले ४० प्रतिशत आन्तरिक बढुवालाई बढाएर ६० प्रतिशत पुर्‍याउनुपर्ने मागसहित नियमावली संशोधनका लागि गरेको प्रस्ताव भने अहिलेसम्म पारित भएको छैन। यसमा गृह मन्त्रालयय सकारात्मक भई प्रक्रिया भने अघि बढिसकेको छ।

 

सईपछि वरिष्ठ सई बनाउने प्रस्ताव गृहमा
एउटै पद सईमा १६/१७ सम्म रहँदा कर्मचारीको वृतिविकास नहुने, नैराश्यता आउने र यसको असर परिणाममा देखिने भन्दै यो समस्याको हल गर्न वरिष्ठ सईको पद सिर्जना गर्न लागिएको छ। हेडक्वार्टरले यो प्रस्ताव गृहमा पठाइसकेको छ। यो प्रस्ताव पारित भएमा सई र इन्स्पेक्टरको बीचमा नयाँ पद वरिष्ठ सई हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नियुक्ति हुँदादेखि पाँच वर्षसम्मकोलाई प्रथमस्तर, पाँच देखि १० वर्षसम्मकालाई द्वितीय, १० वर्षभन्दा बढी १५ वर्षसम्मलाई तृतीय, १५ वर्षभन्दा बढी २० वर्षभन्दा कमलाई चतुर्थ र २० वर्षभन्दा बढीलाई पाँचौं भनेर स्तरवृद्धि छुट्याइएको छ। सोहीअनुसार उनीहरुको तलबमानसमेत हुने प्रस्ताव गृहमा पठाइएको छ।

त्यसो त २०७३ सालमा गृहमन्त्री हुँदा जनार्दन शर्माले समेत सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सईको पद सिर्जना गरिने बताएका थिए। तर, त्यसले पछि पूर्णता पाउन सकेको थिएन। 

वरिष्ठ सईसँगै जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दारको नयाँ पद सिर्जना गर्नुपर्ने प्रस्ताव पनि गृहमा पठाइएको प्रवक्ता कुँवरले बताए।

हेडक्वार्टरको यो प्रस्ताव गृहबाट कानुन हुँदै अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रिपरिषद् पुग्नेछ। मन्त्रिपरिषद्बाट प्रहरी प्रधान कार्यालयको उक्त प्रस्ताव स्वीकृत भएर पास भएपछि प्रहरी निमायवली संशोधन हुन्छ। त्यसपछि भने जवान र इन्स्पेक्टरभन्दा मुनि तीन वटा नयाँ पदको सिर्जना हुने छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

योसँगै श्रेणीविहीन कर्मचारी तथा कार्यलय सहयोगीहरुको वृति विकासका लागि भन्दै हेडक्वार्टरले एउटा खाका नै बनाएर गृहमा पेस गरेको छ। जहाँ कर्मचारीको स्तरवृद्धिका लागि प्रथमस्तरदेखि पाँचौं स्तरसम्म भनेर स्तरवृद्धि छुट्याइएको छ।

नियुक्ति हुँदादेखि पाँच वर्षसम्मकोलाई प्रथमस्तर, पाँच देखि १० वर्षसम्मकालाई द्वितीय, १० वर्षभन्दा बढी १५ वर्षसम्मलाई तृतीय, १५ वर्षभन्दा बढी २० वर्षभन्दा कमलाई चतुर्थ र २० वर्षभन्दा बढीलाई पाँचौं भनेर स्तरवृद्धि छुट्याइएको छ। सोहीअनुसार उनीहरुको तलबमानसमेत हुने प्रस्ताव गृहमा पठाइएको छ।

प्रहरीमा कार्यालय सहयोगीमा भर्ना भएकाहरुको अहिलेसम्म स्तरवृद्धि हुन सकेको छैन। जसकारण प्रहरीमा श्रेणीविहीन पदमा भर्ना भएका व्यक्ति अवकाश पाउने बेलासम्म श्रेणीविहीन नै रहनुपर्ने अवस्था छ। जबकि सशस्त्र प्रहरी बल, नेपाली सेना, निजामतीमा कार्यरत श्रेणीविहीन कर्मचारीमा भने श्रेणी छुट्याएर उनीहरुको स्तरवृद्धि गरिएको छ। सोहीअनुसार तलबमान पनि वृद्धि हुने गरेको छ। तर, नेपाल प्रहरीमा भने अहिलेसम्म त्यो हुन सकेको छैन। भर्खर श्रेणीविहीन पदमा भर्ना भएका व्यक्ति र अनिवार्य अवकाश पाउन लागेका व्यक्तिको तलबमान प्रहरीमा एउटै छ।

श्रेणीविहीन कर्मचारीको पनि श्रेणी वर्गीकरण भएको अवस्थामा नेपाल प्रहरीमा कार्यरत करिब तीन हजार श्रेणीविहीन कर्मचारी लाभदायी हुने छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्