काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबार काठमाडौंका पाँच पेट्रोलपम्पको अनुगमन गरी दुई वटा पेट्रोलपम्प बन्द गराएको छ। नोजलबाट ५ लिटर पेट्रोलको तौल गर्दा ३० मिलिलिटर कम तौल देखिएपछि विभागले शान्तिनगरको हरिसिद्धि आयल स्टोर र टेकुको कनक ट्रेड सेन्टरलाई बन्द गराएको विभागले विज्ञप्ति जारी गरी जनाकारी दिएको छ।
केही दिनयता विभागले पेट्रोल पम्पहरुको अनुगमनलाई तीव्र पारेको छ। नोजलमा गडबडी गरी कम तौल पेट्रोलियम पदार्थ वितरण गर्ने पेट्रोल पम्पहरुलाई विभागले कारबाही गरी बन्द गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।