गाईघाट– विषालु सर्पले टोकेर उदयपुरमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
उदयपुरको कटारी नगरपालिका–४ सिम्लेका ५५ वर्षीया टीका बस्नेत र उनका १२ वर्षीय नाति सगुनको सर्पले टोकेर मृत्यु भएको हो। सँगै सुतेका टीका र सगुनलाई गत राति सर्पले टोकेको प्रहरीले जनाएको छ।
टीकाको उपचार हुनै नपाई मृत्यु भएको थियो। रणसार्दुल गण कटारीको सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिराहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा रेफर गरिएका सगुनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मेघराज अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।